
काठमाडौं । आगामी फागुन १४ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘मायावी’को नयाँ गीत ‘त्यो माया हो’ सार्वजनिक भएको छ । पल शाह र दीपिका प्रसाईंको मुख्य भूमिका रहेको यो चलचित्रले प्रेमको परिभाषा प्रस्तुत गरेको छ ।
एसडी योगी र सदीक्षा कट्टेलको स्वर, रामअविरल विष्टको शब्द र एसडी योगीकै संगीत रहेको गीतको भिडियोमा चलचित्रका मुख्य दुई कलाकार पल शाह र दीपिका प्रसाईंको प्रेम देखिन्छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा राजुविक्रम थापाको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ ।
दिवाकर भट्टराईको कथा, लेखन र निर्देशन बनेको यो चलचित्रमा पल र दीपिकाको साथमा प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठलगायत कलाकारको अभिनय छ । चलचित्रमा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ । प्रवीण भट्टराई र करणसिंह कार्यकारी निर्माता रहेको चलचित्रमा मञ्जु भण्डारी, राजु पराजुली र सुमित ओलीको सहनिर्माण छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच