बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतले राजीनामा दिएको बताइएको छ । बढैयाताल गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले राजीनामा दिएको पालिकाले जनाएको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत पशु सेवाका शाखा अधिकृत असोककुमार उपाध्यायलाई दिइएको बताइएको छ ।
उपाध्यायले आर्थिक बाहेक अन्य कामको जिम्मेवारी सहित निमित्त प्रमुखको जिम्मेवारी आफुलाई दिइएको सन्देस पालिका प्रमुखले पठाउनु भएको बताउनु भयो ।
यस विषयमा बुझ्न खोज्दा प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीको मोवाइल अफ रहेको छ । पालिका प्रमुख हिमालय त्रिपाठीले प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले गएको पुस ५ गते नै राजीनामा दिएको ७ गते स्वीकृत भएको जानकारी गराउँदै जेष्ठताको आधारमा उपाध्यायलाई निमित्त दिइएको बताउनु भयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता