काठमाडाैं । प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा फरक फरक ठाउँबाट २ जनालाई पक्राउ गरेकाे छ ।
झापामा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१५ ज्यामिरगढी डेरा गरी बस्ने भारत वेष्ट बंगाल हाँसीमारा घर भएका ३५ वर्षीय कुमार तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कुमारले ती किशोरीलाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी तनहुँमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका-१३ चनौटे बस्ने १९ वर्षीय निर्मल पाण्डेलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
निर्मलले ती बालिकालाई सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा