काठमाडाैं । प्रहरीले करिब १ सय ६० किलो गाँजासहित विभिन्न ठाउँबाट तीन जनालाई पक्राउ गरेकाे छ ।
मोरङकाे जहदा गाउँपालिका-१ धुनीबस्तीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५५ किलोग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हाे । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१२ बस्ने २४ वर्षीय राहुल विक र धनकुटा सहिदभूमि गाउँपालिका-६ बस्ने १९ वर्षीय सुरज राई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङ समेतबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको को.१ च ९५८२ नम्बरको स्कारपियोलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी स्कारपियो चालक राहुल र स्कारपियोमा सवार सुरजलाई पक्राउ गरेको हो ।
यसैगरी सप्तरीकाे राजगढ गाउँपालिका-३ झौहरा चोकबाट अवैध लागूऔषध गाँजा ५ किलोग्रामसहित महादेवा गाउँपालिका-८ बस्ने २४ वर्षीय देबेन्द्र कुमार मण्डललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी झुट्कीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको प्र.२-०१-००३ प ८७३८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा