बालविवाह गराएको आरोपमा दुईजना पक्राउ

अविजित पन्थी

प्रतिकात्मक तस्वीर

अविजित पन्थी
Read Time = 1 min

अर्घाखाँची । अर्घाखाँची जिल्लामा १२ वर्षीया बालिकाको विवाह गराएको आरोपमा दुई जना व्यक्ति पक्राउ परेका छन् ।

जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं ९ की सकुन्तला सारु र विवाह गर्ने सन्धिखर्क नगरपालिका-८ का मुमाराम बिकलाई ललाई फकाई विवाह गराइदिएको कारण पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (डीएसपी) चक्र बहादुर मल्लले जानकारी दिए ।

ADVERTISEMENT

सकुन्तलाले काम लगाइदिने भन्दै १२ वर्षीय बालिकालाई घरमा बोलाएर मुमारामको जिम्मा लगाएको र त्यसपछि मुमारामले बालिकालाई सिन्दुर पहिराएर घरमा भित्राएको भन्दै बालिकाको अंकलले जाहेरी दिएका थिए ।

बालविवाह सम्बन्धी जाहेरी परेपछि प्रहरीले घरमा छापा मारेर मुमारामलाई नियन्त्रणमा लिएको हो । अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?