
एजेन्सी । हलिउड स्टार एञ्जेलिना जोली र ब्राड पिटले आठ वर्षको संघर्षपछि सम्बन्धविच्छेद गर्नुभएको छ । एजेन्सीका अनुसार जोडीले आफ्ना शर्तहरूलाई अन्तिम रूप दिँदै ३० डिसेम्बरमा सम्बन्ध विच्छेदको कागजमा हस्ताक्षर गर्नुभएको हो । दुवैले सन् २०१४ मा विवाह गर्नुभएको थियो । उहाँहरूका छजना छोराछोरी छन् ।
एञ्जेलिना जोलीले सन् २०१६ मा सम्बन्धविच्छेदका लागि निवेदन दिनुभएको थियो । त्यतिबेला उहाँले यसो हुनुको पछाडि ‘विवादात्मक मतभिन्नता’ रहेको बताउनुभएको थियो । त्यसपछि बालबालिकाको संरक्षकत्वलाई लिएर दुवैबीच झगडा भएको थियो । सन् २०२१ मा एक न्यायाधीशले दुवैलाई बालबालिकाको संयुक्त संरक्षकत्वमा हस्तान्तरण गर्नुभएको थियो ।
यी दुवै जोडीलाई फ्यानमा ‘ब्रान्जेलिना’ भनेर चिनिन्थ्यो । उहाँहरू दुवैको भेट सन् २००५ मा आएको फिल्म ‘मिस्टर एण्ड मिसेस स्मिथ’को सेटमा भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच