काठमाडौं । नेपालका तेक्वान्दो खेलाडीले एसियाली आमन्त्रण तथा नवौँ मानसान तेक्वान्दो खुला च्याम्पियनसिपमा चार स्वर्ण, एक रजत र एक कांस्य पदक जितेका छन् ।
पुरुष पुम्से ३० वर्षमाथि चन्द्र रानामगर, हृयान्ड ब्रेकिङमा नन्दराज बाँस्कोटा, सिनियर पुरुष ८० केजीमुनि भीमबहादुर खड्का र १४ वर्षमुनि महिला पुम्सेमा निरोशा राणाले स्वर्ण जित्नुभएको थियो ।
निरोशाले जुनियर ५२ केजीमुनि कांस्य पदक पनि जित्नुभयो । सिनियर महिला ४९ केजीमुनि वर्षा थापाले रजत जित्नुभयो ।
चीनको नानजिङमा भएको प्रतियोगितामा नेपालकी अस्मिता खड्का उत्कृष्ट निर्णायक बन्नुभयो । टोलीको प्रशिक्षकमा विकेश बिडारी रहनुभएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा