
मुगु । मुगु जिल्लामा अर्को निकुन्ज,संरक्षण क्षेत्र वा सिकार आरक्ष बनाइए कार्मारोङ्गको सम्वृद्धिको आधार तयार हुने गाउँपालिकाले जनाएको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाले हाल शेफोक्सुण्डो राष्ट्रिय निकुन्जले ओघटेको मुगु जिल्लाको क्षेत्रलाई समेटेर नेपाल सरकारले मुगु जिल्लामा अर्को निकुन्ज, संरक्षण क्षेत्र वा सिकार आरक्ष मध्य कुनै एक बनाउने हो भने मुगुम कार्मारोङ्ग गाउँपालिकाका जनताको सम्वृद्धिको आधार तयार हुने बताइएको हाे ।
मुगुम कार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले विज्ञप्ति जारी गरेकाे विज्ञप्तिमा भनिएको छ- ...शे-फोक्सुण्डो राष्ट्रिय निकुन्जले यस पालिका अन्तरगत ओघटेको ९०६ वर्गकिलोमिटर क्षेत्रफललाइ समेटी अलग राष्ट्रिय निकुन्ज वा संरक्षण क्षेत्र स्थापनाका लागि संघीय सरकारसँग पहल गर्ने विषयमा यस क्षेत्रका बुद्धिजिवी,सरोकारवाला र जनप्रतिनिधिहरुको उपस्थितिमा हरेक गाउँ सभामा निर्णय समेत हुँदै आएको र उक्त निर्णय तथा मागको आधारमा नेपाल सरकार वन तथा वातावरणले सो प्रकृया अगाडि बढाउन विस्तृत अध्ययनका लागि प्राविधिक समिती गठन गर्नु स्वागतयोग्य छ । ....जनताले वर्षौदेखि भोगचलन तथा संरक्षण गर्दै आएको सो क्षेत्रलाई अध्ययन समितिले छुट्टै राष्ट्रिय निकुन्ज वा संरक्षित क्षेत्र स्थापनाका लागि सिफारिस गरेको खण्डमा नेपाल सरकारको प्रशासनिक संरचना स्थापना भै गाउपालिकाको सम्मृद्धिको मेरुदण्डको रुपमा यस क्षेत्रको प्राकृतिक तथा जैविक विविधताको दिगो संरक्षण तथा उपभोगका साथै निकुन्जबाट प्रवाह हुने सेवा सुविधाको सहज प्राप्ती र यस क्षेत्रको पर्यटन विकासमा समेत योगदान पुग्ने कुरामा हामी सबै विश्वस्त हुन जरुरी छ ।'
अध्यक्ष लामाले अगाडि भन्नू भएको छ- प्राकृतिक स्रोत माथि स्थानियबासी कै अग्राधिकार रहने कुरा नेपालको संविधान र विभिन्न राष्ट्रिय तथा अन्तरास्ट्रिय कानुन तथा सन्धिहरुले समेत सुनिश्चित गरेको र यस कुरामा स्वय गाउँपालिका प्रतिवद्द र सचेत रहेको कुरा जानकारी गराउँदै छुट्टै राष्ट्रिय निकुन्ज वा संरक्षण क्षेत्रको स्थापनाले यस क्षेत्रका आम नागरिकको हित विपरित हुने,बस्ती नै अर्को ठाउँ सारिने,अनावश्यक प्रशासनिक झन्झट व्यहोर्नु पर्ने जस्ता आधारहिन भ्रम फैलाउने र यस क्षेत्रको धार्मिक तथा सामाजिक सद्भावमा खलल पुर्याउने जस्ता अनावश्यक कुराहरु प्रचार प्रसार नगरिदिनहुन आम सरोकारवाला सबैमा आग्रह गर्दछौँ ।
मुगु जिल्लाको ओघटेको क्षेत्र समेटेर राष्ट्रिय निकुन्ज, संरक्षण क्षेत्र वा सिकार आरक्षण बनाउन वन तथा वातावरण मन्त्री ऎन बहादुर शाहीको मन्त्रीस्तरिय निर्णयबाट गत ८ गते सोमबार विस्तृत अध्ययन कार्यदल गठन भएकाे थियो ।
गठित कार्यदलमा शे—फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत संयोजक, रारा राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत सदस्य, मुगु डिभिजन वन अधिकृत सदस्य र राष्ट्रिय वन्यजन्तु संरक्षण बिभागका संरक्षण अधिकृत सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।
जिल्ला समन्वय समिति र मुगुम कार्मारोङ गाउपालिकाबाट पटक पटक निकुञ्ज वा संरक्षण क्षेत्र स्थापनाको लागि माग गरिए अनुसार वन तथा वातावरण मन्त्रालयले त्यसको कार्यन्वयनको लागि अध्ययन कार्यदल गठन गरेको थियो ।
यदि मुगुम कार्मारोङलाई विकास गर्नु नै छ भन्ने सदरमुकामबाट नजीकै रहेको चिनको नाका सम्म रोड राम्रो सँग खोल्नु सरकार।