धादिङ । त्रिशुली नदीमा निर्माण भएको ट्रस ब्रिज’ जीर्ण भएपछि आठ करोडको लागतमा नयाँ पक्की पुल निर्माण कार्य सप्पन्न भएको छ ।
विसंं २०२० मा त्रिशुली तर्न निर्माण भएको ‘ट्रस ब्रिज’ जीर्ण भएपछि सोही स्थानमा आठ करोडको लागतमा नयाँ पक्की पुल निर्माण गरिएको हो ।
उक्त स्थानमा पुल बनेपछि नुवाकोट र धादिङका सर्वसाधारणको आवागमन सहज भएको विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो । करिब ११ मिटर चौडा भएको दुई ‘लेन’को पुल निर्माणको लागि सरकारको आठ करोड लगानी भएको छ ।
‘डिजाइन एण्ड बिल्ड मोडल’ अन्तर्गत ‘बक्स कडर प्रिस्टेस’ प्रविधिमा नयाँ निर्माण भएको पुल सुरक्षित, बलियो र तोकिएभन्दा अधिक भारवहन क्षमता भएको पुल निर्माणकर्ता भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।
नवनिर्मित पुलबाट यातायातका साधन सञ्चालन भएका छन् । यसअघिको ट्रस ब्रिज आठ मेट्रिक टन क्षमताको एक लेन र पुलको भारवहन क्षमता ३५ मेट्रिक टन रहेको छ ।






