हेटौंडा। भक्तपुर नगरपालिका स्थायी घर भएकी ४२ वर्षीया कुमारी श्रेष्ठ विभिन्न रोगले करिब एक वर्षदेखि ओच्छ्यानमा पर्नुभएको छ ।
पतिले अर्की ल्याएपछि घर बनाउने बनाउने काम गरेर ३ सन्तानको हेरचाह गर्दै आउनु भएको थियो। सन्तानकाे शिक्षाका लागि उहाँले केही समय विदेशमा समेत दुःख गर्नुभएकाे उहाँले सुनाउनु भयाे । आज सक्षम भएका ती सन्तानले उहाँलाई विभिन्न आरोप लगाइ चरित्रहत्या गरी घरबाट उहाँसहित सानी छोरीलाई निकालिदिएका छन् ।
ओच्छ्यान पर्नुभएको उहाँलाई पाठेघरको समस्या देखिएकाे छ । त्यसमाथि विभिन्न आरोप लगाइ घरबाट निकालिदिएको उहाँ सुनाउनुहुन्छ । १३ वर्षीया छोरी र उहाँलाई विभिन्न आरोप लगाइ घरबाट निकालिदिएपछि उहाँले रोगी शरीर लिइ आफ्नो ज्यालामजदुरी गरी ज्यान पाल्दै आउनुभएको थियो ।
एकदिन हिड्दाहिड्दै बेहोस भएर लडेकी आमालाई छोरीले जसाेतसाे पाटन अस्पताल पुर्याइन् । उपचारका क्रममा ३ लाख जम्मा गर्नुपर्ने र चिकित्सकले मुटुबाट रगत बहेको भनेपछि आफूसंग पैसा नभएका कारण आमाछोरी नै पाटन अस्पताल ललितपुरबाट भाग्न बाध्य भएकाे उहाँले सुनाउनुभयाे । पुन उहाँ हाल ओच्छ्यान पर्नुभएको छ ।
घरबाट निकालिएपछि कोठामा बस्दै आउनुभएको उहाँले कोठाभाडा तिर्न नसक्दा कोठाबाट समेत भागेर हिडेको सुनाउनुभयो ।
उहाँका दुई छोराले 'चरित्रहीन’ को आरोप लगाएर घृणा गरेको र फर्केर नहेरेकाे उहाँले दुखेसाे गर्नुभयाे । 'मर्ने बेला एकचोटि सन्तानको मुख हेर्न पाए हुने’ भन्दै उहाँले आँशु झार्दै पीर पोख्नुभयो ।
उहाँको १३ वर्षीया छोरी दिनभर विभिन्न ठाउँमा पुगेर उठाएर ल्याएको पैसाले घरखर्च र आमाको उपचार गर्दैै आउनुभएको छ।
"आमाको उपचारका लागि र कसैले सहयोग गरे म पढ्ने थिएँ“,’ भन्दै स्वस्तिका निराश हुनुहुन्छ।
हेटौंडाका केही व्यवसायीले उहाँहरुलाई खाद्यान्न र पैसासमेत सहयोग गरेका थिए । तर त्याे पर्याप्त भएन ।होस् पनि कसरी दिनहुँ आम्दानी हुँदा त परिवार धान्न मुस्किल पर्ने महंगी छ । त्यहाँमाथि अरुले दयाले दिएको दुई चार छाक धान्ने अन्न पैसाले कति दिन पुगोस् ।
आमाको हाल मुटुमा समस्या भएका कारण मुखबाट रगत आउने गरेको उहाँले सुनाउनुभयो । दशधारा दुध चुसेका छोराहरुले नहेरेपछि आमा सानी छोरीको साथ एउटा सानो कोठामा शरण लिन विवस हुनु परेकाे छ । कोठामा पुग्दा न राम्रो ओढ्ने छ न त ओच्छ्याउने नै, त्यहाँमाथि खानेकुरा जाेहाे नहुँदाकाे पीडा देख्ने जाे काेहीकाे मन कटक्क खान्छ । आमाछोरी पुसको जाडोमा खाली पेट भुइमा नै रात बिताउन बाध्य हुनुहुन्छ ।
कोही दानवीर भए आफ्नो बाँकी जीवन जिउन भन्दा पनि छोरीको भविष्यलाई केही राहत मिल्थ्योकी भन्ने उहाँको आशा जिवितै छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता