
दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङको आयोजनामा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
आज सोमबार जिल्लाको घोराहीस्थित मेचीकाली सेकेन्डरी स्कुलमा कार्यक्रम सम्पन्न कार्यक्रममा माउन्ट भ्यु इङलिस बोर्डिङ स्कुलका सलिना पौडेल, रक्षा शर्मा र अनस न्यौपानेको समूह प्रथम, गुरूकुल एकेडेमीका अंशु खनाल, सोहन खनाल र आर्यान घर्तीको समूह द्वितीय, गोरखा मावि तुलसीपुरका प्रतीक्षा पुरी, शिशिर सुनार र विकास बस्नेतको समूह तृतीय र अमर इङलिस बोर्डिङ स्कुलका निशान दशौदी, आशुतोष खरेल र मौसकी रोका मगरको समूह सान्त्वना भएको छ।
प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेको अध्यक्षता तथा प्याब्सनका केन्द्रीय सचिव यादव गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश सल्लाहकार महेन्द्र अधिकारी , प्याब्सन दाङका प्रमुख सल्लाहकार मधुसुदन केसी लगायतले शुभकामना मन्तव्य दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच