जुम्ला । जुम्लामा प्रहरीले लागू औषध (ब्राउन सुगर) र सवारी साधनसहित सात जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तातोपानी गाउँपालिका ५ का २९ वर्षीय नन्दलाल सार्की, २० वर्षीय पंकज सार्की र प्रवेश नेपाली रहेका छन्। उनीहरूलाई मंसिर १२ गते पक्राउ गरिएको डिएसपी छेदिलाल कामतीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार सिँजा गाउँपालिका२ का जीवन खत्रीलाई मंसिर १३ गते पक्राउ गरिएको हो। तातोपानी गाउँपालिका ६, धौलापानीका १८ वर्षीय रोशन कठायत र १९ वर्षीय सुरेन्द्र डाँगीलाई मंसिर ९ गते नियन्त्रणमा लिइएको पथियोे।
“चन्दननाथ नगरपालिका ९ का २० वर्षीय सुनिल कामीलाई मंसिर ८ गते सवारी साधनसहित पक्राउ गरिएको थियो,” डीएसपी कामतीले भन्नुभयो , “उनी चन्दननाथ नगरपालिका६, बसपार्क क्षेत्रमा क१ ह ५० नम्बरको अटो रिक्सासहित भेटिएका थिए।”
गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले लागू औषध ब्राउन सुगर १६४० मिलिग्रामसहित ती व्यक्तिहरूलाई पक्राउ गरेको डीएसपी कामतीको भनाइ छ। एक हप्तामा पक्राउ परेका सबैको सम्बन्धमा अनुसन्धान भइरहेको छ। प्रहरीले लागू औषध ओसारपसार तथा बिक्रीवितरणमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कारबाही प्रक्रियालाई तीव्र बनाएको छ।
पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय, जुम्लामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता