काठमाडौं । यतिबेला सन् २०२४ बिदा हुने क्रममा छ भने नयाँ वर्ष २०२५ लाई स्वागत गर्ने तयारी भइरहेको छ । सन् २०२४ लाई लिएर विभिन्न चर्चा परिचर्चा भइरहेका छन् । ०२४ मा भए गरेका कार्यको मूल्यांकन भइरहेको छ । यस्तै बलिउडलाई लिएर पनि २०२४को चर्चा भइरहेको छ । सन् २०२४को अन्तिमसम्म आइपुग्दा बलिउडमा एक हजार ४७६ भन्दा बढी बलिउड चलचित्र प्रदर्शनमा आएका छन् । यी चलचित्रमध्ये केही सिनेमाघरमा र केही ओटीटी प्लेटफर्ममा सार्वजनिक भए ।
भारतीय मिडियाहरूका अनुसार यी चलचित्रले घरेलु बजारमा ११ हजार २७८ करोडभन्दा बढी भारुको व्यापार गरेको तथ्यांक छ । यो वर्ष कुनै पनि बलिउड चलचित्रले एक हजार करोड भारुको आकडा पार गर्न सकेनन् ।
यद्यपि यस वर्ष व्यापारिक रूपमा बढी सफल चलचित्र ‘स्त्री २’ रहृयो । यो चलचित्रले विश्वभर ८५७ करोड भारु व्यापार ग¥यो । त्यसो त ‘स्त्री २’ले सर्वकालीन धेरै कमाउने हिन्दी चलचित्रको रेकर्ड पनि बनाएको छ । इण्डियन एक्स्प्रेसका अनुसार शाहरूख खान स्टारर ‘जवान’को कमाइलाई उछिन्दै यो चलचित्रले कीर्तिमान रचेको हो । ‘स्त्री : सरकटेका आतंक’ले भारतीय बक्स अफिसमा शाहरूखको ‘जवान’सहित रणवीर कपुरको ‘एनिमल’, शाहरूखकै ‘पठान’ र सन्नी देओलको ‘गदर २’को कमाइलाई पनि उछिनेको छ । यो चलचित्र ‘स्त्री’ को ‘सिक्वेल’ हो । ‘स्त्री–२’मा राजकुमार राव र श्रद्धा कपुरसँगै पंकज त्रिपाठी, अभिषेक बनर्जी लगायतको अभिनय छ । चलचित्रमा राजकुमारले दिएको ‘कमिक टाइमिङ’को अधिकांशले प्रशंसा गरेका छन् ।
यस्तै सन् २०२४ मा सबैभन्दा बढी व्यापार गर्ने सूचीको दोस्रो स्थानमा कार्तिक आर्यन स्टारर चलचित्र ‘भूल भुलैया ३’ रहेको छ । यसले विश्व बजारमा ३७१ करोड भारु बराबर व्यापार गरेको छ ।
त्यस्तै चलचित्र ‘सिंगम अगेन’ सबैभन्दा बढी व्यापार गर्ने तेस्रो चलचित्र बन्यो । यसले विश्वबजारमा ३६७ करोड भारु व्यापार गरेको छ । अजय देवगन, रणवीर सिंह, करिना कपुर, दीपिका पादुकोण जस्ता स्टारहरूको अभिनय यो चलचित्रमा रहेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा