काठमाडौं । नेपाल भलिबल सघंको एघारौं साधारणसभा माघको पहिलो साता हुने भएको छ । संघले सूचना जारी गर्दै आउँदो माघ ६ गते सिन्धुपाल्चोकको सुकुटेमा साधारणसभा हुने जनाएको हो ।
सभामा केन्द्रीय कार्यसमितिका तर्फबाट महासचिवद्वारा प्रस्तुत संघको वार्षिक कार्य प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजनाउपर छलफल गरी पारित गर्ने तयारी छ ।
त्यसैगरी कोषाध्यक्षद्वारा आर्थिक प्रतिवेदनसहित वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, आव २०८१/०८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका विषयहरूमा छलफल हुने संघले जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा