भोजपुरको डवली मेलामा ‘फुलन्देको आमा’ र बबिनाको प्रस्तुति
Read Time = 2 mins
भोजपुर । भोजपुरको स्थानीय टुँडिखेलमा गत पुष ६ गतेबाट सुरु भएको डवली मेलाको अवसरमा शनिवार कलाकारहरु ‘फुलन्देको आमा’ (उमेश राई) र बविना किराँतीको प्रस्तुति रहेको थियो । दुई सयको टिकटको प्रवाह नगरी भोजपुरेहरु खचाखचरुपमा ‘फुलन्देको आमा’ र किराँतीको कला हेर्न कार्यक्रम स्थल पुगेका थिए ।
भोजपुरमा जन्मिएका उमेश ‘फुलन्देको आमा’ ले आफनो गृह जिल्लामा आएर जिल्लावासीलाई भरपुर मनोरञ्जन दिलाए भने बिभिन्न गीतमा बविनाको नृत्यसँगै स्थानीय कलाकारहरुले नृत्यसहितको प्रस्तुतिहरु देखाएका थिए । ‘मुन्द्रेको कमेडी क्लब’ नामक कार्यक्रममा मात्र हेरेका धैरेले प्रत्यक्षरुपमा फुलन्देको आमालाई हेर्न पाएकोमा खुशी महशुस गरि रहेका थिए ।
महिला पात्रको भूमिका गरेपछि लैङ्गिक मुद्दालाई हेर्ने आफ्नो दृष्टिकोण परिवर्तन भएको बताउँदै आएका उमेशको पुरुष भन्दा महिला कुनै पक्षमा कमजोर नहुने तर्फ छ ।
बिभिन्न राष्ट्रिय कलाकारहरु ल्याउनेक्रममा मेलामा शनिवार भने कलाकारहरु ‘फुलन्देको आमा’ र बविना किराँतीलाई ल्याईएको आयोजक संस्थाका सदस्य देउप्रकाश राईले बताउनुभयो । आगामी माघ १ गतेसम्म चल्ने मेलामा अन्य राष्ट्रिय स्तरका कलाकारहरुलाई समेत आमन्त्रण गरिएको आयोजक पक्षले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






