रोल्पा । रोल्पामा भएको प्रहरीको नागरिक सुनुवाइ कार्यक्रममा सहभागी नागरिकहरुले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम राख्न प्रहरीले सक्रियता बढाउनुपर्नेमा जोड दिएका छन् ।
आइतबार रोल्पाको होलेरिमा ईलाका प्रहरी कार्यालय होलेरि रोल्पाले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा जिज्ञासा राख्ने धेरै जसो सहभागीहरुले स्थानीय बजार तथा गाउँ बस्तीमा शान्ति सुरक्षा तथा अमनचयन कायम राख्न प्रहरीको उपस्थिति तथा सक्रियता सदैब हुनुपर्नेमा जोड दिएका छन ।
कार्यक्रममा बोल्ने नागरिकहरुले समाजमा हुने विभिन्न प्रकारका अपराधिक घटना तथा बाल विवाह न्यूनीकरणका लागी समेत स्थानीय स्तरमा प्रहरीले जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै निरन्तरता दिनुपर्ने र त्यस कार्यमा आम नागरिक तथा सरोकारवाला निकायहरुले पनि सहयोग गर्नुपर्ने धारणा राखेका थिए।
नागरिक सुनुवाइ कार्यक्रममा ईलाका प्रहरी कार्यालय होलेरिका प्रमुख प्रहरी निरीक्षक सरोज प्रजापतिले कार्यालयले आर्थिक बर्ष २०८१/२०८२ को पछिल्लो पाँच महिनामा कार्य सम्पादन गरेका विभिन्न कार्य प्रगति विवरणका बारेमा जानकारी गराउनु भएको थियो।
कार्यक्रममा उठेका नागरिकहरुको जिज्ञासाहरुको जवाफ दिँदै कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रजापतिले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम राख्न नागरिकहरुको सकारात्मक सल्लाह सुझाव मनन गरिएको बताउनु भयो ।
समाजमा शान्ति सुरक्षा कायम राख्न सक्रिय रहेको हुँदा आफुले कार्यालयको जिम्मेवार सम्हालेदेखी आफ्नो ईलाका भित्रका स्थानीय बजार तथा ग्रामीण बस्तीमा शान्ति सुरक्षाको अवस्था सन्तोषजनक रहेको उहाँले बताउनु भयो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, बुद्धिजीवी , बैंक तथा बित्तिय संस्थाका प्रतिनिधि , संचारकर्मी, बजार ब्यबसायी, सरोकारवाला निकाय का प्रतिनिधि तथा नागरिकहरुको सहभागीता रहेको थियो।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता