भोजपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भोजपुरको सभापतिमा ईश्वर कार्की चयन हुनु भएको छ ।
भोजपुर सदरमुकाममा भएको प्रथम जिल्ला भेलाबाट कार्कीसहितको नयाँ जिल्ला कार्य समिति बनेको हो ।
जिल्ला भेलाले समितिको उपसभापतिमा समिता आर्चाय र सचिवमा खेम भुजेललाई सर्वसम्वत चयन गरेको हो । यसैगरी सदस्यहरुमा कुसुम कार्की, फुर्दिकी शेर्पा, अस्मिता तामाङ, र विमला रसाईली चुनिनु भएको छ । अन्य पदाधिकारी तथा सदस्यहरु पालिका अन्तर्गत राखिने रास्वपा भोजपुरले जनाएको छ ।
भेलाको उद्घाटन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्वराज्यमन्त्री तोसिमा कार्की र सहप्रबक्ता रमेश प्रसाईले भोजपुरको स्थानीय टुँडिखेलमा गर्नु भएको थियो ।






