दाङ ।सवारी दुर्घटना न्यूनीकरण गर्न दाङको पूर्व-पश्चिम राजमार्गअन्तर्गत भालुबाङदेखि नर्तीसम्म परीक्षणका लागि टाइम कार्ड लागू हुने भएको छ ।
पुस ११ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि परीक्षणको रुपमा टाइम कार्ड लागू गर्ने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनमा लगिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिनुभयो ।
आइतबार जिल्ला पशासन कार्यालयमा भएको सरोकारवाला पक्षसँगको छलफलले थप निर्णयहरु गरेको छ। यो क्षेत्रमा प्रतिघण्टा ४० किलोमिटरको गतिमा मात्र सवारी साधन चलाउन मिल्ने गरी व्यवस्था गरिएको छ । उक्त सडकखण्ड १५ किलोमिटरको दुरी पर्छ । ‘यो क्षेत्रमा धेरै दुर्घटनाहरु भए । मानवीय क्षति पनि भयो। तीन महिना परीक्षणको लागि टाइम कार्ड लागू गर्ने निर्णयमा पुगेका हौँ,’ प्रजिअ लम्सालले भन्नुभयो, ‘यसको नतिजा कस्तो आउँछ, त्यसलाई हेरेर भावी योजना बनाउछौँ।’







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts