काठमाडौं । काठमाडौं उपत्यकाका कवाडी व्यावसायीले महानगरविरुद्ध आज फेरि प्रदर्शन गरेका छन् ।
उच्च अदालतले कवाड व्यवसायीलाई नहटाउनु भन्ने आदेश दिँदा पनि महानगरले कवाड व्यवसायीको टहरामा डोजर चलाएको भन्दै कवाडी व्यवसायीहरुले महानगरविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् ।

केही समय अघिदेखि काठमाडौँ महानगरको निर्णयविरुद्ध महानगरभित्रका कवाडी संकलकले विरोध प्रदर्शन गर्दै आएका थिए ।

उनीहरूले नव राजाहरुको आतंक बन्द गर, कवाडी व्यावसायीहरुको रक्षा गर जस्ता नाराहरु लगाएका थिए ।

उनीहरुआज प्रज्ञा भवनमा जन्मा भएर कमलादीमा रहेको महानगरको कार्यालय नजिक पुगेर नाराजुलुससहित आन्दोलन गर्दै पुन प्रज्ञा पुगी कार्यक्रम गर्ने तयारी छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts