बन नीति उपभोक्ता मैत्री बनाउन माग

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 5 mins

नवलपरासी । बन नीति उपभोक्ता मैत्री बनाउन माग गरिएको छ । बन जङ्गल केवल मान्छेले मात्रै उपभोग गर्ने नभएको भन्दै चरा चुरुङ्गी, जल चर र थलचर जन्य जीव जन्तुले समेत प्रयोग गर्ने भएकोले उनीहरु पनि बनका उपभोक्ता रहेको उल्लेख गर्दै सम्पुर्ण जिवजन्तु मैत्री नीति बनाउन माग गरिएको छ ।

संविधान सभा सदस्य बिक्रम खनालले मानिसले बनको उपभोग बढी गर्ने उल्लेख गर्दै मानिसले बनको उपभोग गर्दै गर्दा अन्य जीव जन्तुको समेत सरक्षण गर्ने गरि उपभोग गर्नु पर्नेमा जोड दिनु भयो । "पहिला पहिला सिमलको रुखमा गिद्द देख्न पाइन्थियो । अहिले सिमल पनि छैन गिद्द पनि छैन", उहाले भन्नुभयो ।

बनको प्रयोग गर्दा जीव जन्तु र कुनै पनि बोट बिरुवाको लोप नहुने गरी प्रयोग गर्नु पर्ने र बनको संरक्षण र सम्बर्द्धनमा ध्यान दिनु पर्ने खनालको भनाइ छ । बन शक्ति सामुदायिक बन उपभोक्ता समुहको १६ औं बार्षिक साधारण सभालाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै खनालले बनमा लाग्दै आएको तेहेरो कर उचित नभएको धारणा राख्नु भयो । उहाँले एकद्वार प्रणालीबाट कर संकलन गर्ने र सो को बाँडफाड राज्यले गर्नु पर्ने बताउनु भयो । केहि सामुदायिक बनमा ढलेपढेका रुखहरु देखिने उल्लेख गर्दै खनालले तिनिहरुबाट सामुदायिक बनले बिक्री गरि आम्दानी बाध्नु पर्ने भनाइ राख्दै ढलेपढेका रुखको कटानका लागि नीतिगत समस्या भए कर्मचारी र जनप्रतिनिधिको समन्वयमा नीति बनाउनु पर्ने धारणा राख्नुभयो ।

कानुनको परिधिभित्र रहेर बनको संरक्षण गर्दै उपयोग गर्नु पर्नेमा लुम्बिनी प्रदेशका कृषि, बन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले बताउनु भयो । उहाँले वैज्ञानिक बन कन्चनपुरको एउटा बनले गरेको बदमासीका कारण सरकारले बनमा रहेका रुखहरु जे जस्तो अवस्थामा छन् त्यस्तै अवस्थामा छाड्देउ भन्ने निर्णय गर्नु परेको बताउनु भयो । अहिले लुम्बिनी प्रदेशमा दिगो विकासमा आधारित बन सम्वर्द्धन प्रणाली लागु भएको बताउदै यो प्रणालीबाट बनको संरक्षण र सम्बर्द्धन राम्रो हुने पर्ने धारणा पाठकले राख्नु भयो ।

ADVERTISEMENT

बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ स्थानीय खोलाको सफाइ गर्दै नगरको विकासमा सहयोग गर्ने आग्रह गर्नु भयो । उहाँले गत बर्ष चिसापानी सामुदायिक बनले मात्रै नीतिगत रुपमा खोला सफाइ गरेको बताउदै नगरका सबै सामुदायिक बनले काम गर्नुपर्ने उल्लेख गर्नुभयो । बर्दघाट नगरपालिकाका-१० का वडा अध्यक्ष राजु मिश्र र ११ का वडा अध्यक्ष फणीन्द्र चौधरी, बर्दघाट सरावल सब डिभिजन बन कार्यालयका प्रमुख बलराम पोखरेलले कानुन प्रक्रिया अनुसार बनको संरक्षण र सम्बर्द्धन गर्दै रुख कटान गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासङ्ग नेपालका केन्द्रिय सदस्य कमल परियार, बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासङ्गका केन्द्रिय सदस्य कमल पराजुली, सामुदायिक बन उपभोक्ता महासङ्ग नवलपरासीका अध्यक्ष शारदा पोखरेलले तेहेरो कर बुझाउनु पर्ने झन्झट भएकोले एकद्वार प्रणालीमा लैजानु पर्ने र बनसङ्ग सम्बन्धि नीतिगत समस्याहरु समाधान हुनुपर्ने भनाइ राख्नु भयो ।

कार्यक्रममा अध्यक्ष इन्द्र बहादुर चौधरी, सचिव कविता फौज्दार, कोषाध्यक्ष सृजना थापा, लेखा समिति सदस्य सुजन खनाल,अनुगमन समिति संयोजक एकनारायण तिवारीले प्रस्तुत गर्नु भएको प्रतिबेदन समेत सर्वसम्मत पारित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज