मध्यपुर महोत्सवको आज अन्तिम दिन : सांस्कृतिक परम्परा र स्थानीय मौलिकताको जगेर्ना

बाबुराम दाहाल

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा तीन दिनदेखि संचालन भइरहेको ‘मध्यपुर महोत्सव’ आज आइतबार अन्त्य हुँदैछ । वि.सं. २०६१ सालपछि पुनः आयोजना गरिएको यो महोत्सवले ऐतिहासिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा नयाँ उत्साह थपेको छ ।

शङ्खधर साख्वाः चोकदेखि बालकुमारी, चपाचो र बाहाखाबजारसम्मको क्षेत्र महोत्सवमा सहभागी अवलोकनकर्ताको घुइँचोले भरिएको छ । स्थानीय परिकार र नेवारी खानाका स्टलहरू विशेष आकर्षण बनेका छन् । योमरी, बारा, चटामरीजस्ता परम्परागत परिकारदेखि माटाका भाँडा र छ्याङको स्वाद लिनेको भीडले महोत्सवको रौनक झन् बढाएको छ ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले महोत्सवले स्थानीय कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै आर्थिक समृद्धिमा टेवा पुर्‍याएको बताउनु भयाे । उहाँका अनुसार, “स्थानीय मौलिकता केन्द्रमा राखेर महोत्सव सञ्चालन गरिएको हो । यसले नगरवासीको जीवनस्तर उकास्दै पर्यटन र स्थानीय विकासलाई अघि बढाउने छ ।”

ADVERTISEMENT

महोत्सवका मुख्य आकर्षणमा ऐतिहासिक सम्पदा, सांस्कृतिक बाजा, दाफाभजन, माटाका भाँडा बनाउने कला, लिच्छवीकालीन मुद्रा र सिक्का, पाँचसय फिट अग्लो सुकुन्दा, नेवारी संस्कारमा आधारित प्रदर्शनी र जिब्रो छेड्ने जात्राको प्रतिमूर्ति रहेका छन् ।

स्थानीयले महोत्सवलाई सांस्कृतिक जगेर्नाको महत्वपूर्ण माध्यमका रूपमा हेरेका छन्। उनीहरूका अनुसार, यसले पर्यटन प्रवर्द्धन र आर्थिक विकासलाई बलियो बनाउन सहयोग पुर्‍याएको छ ।

तीन दिनसम्म चल्ने महोत्सवले परम्परा, संस्कृति, र आधुनिक पर्यटनको प्रभावकारी संयोजन गर्दै मध्यपुरलाई स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?