समर्थन मूल्यमा बिक्री भएन धान, किसान सकसमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

बारा । सरकारले धानको सर्मथन मूल्य तोके पनि बारा जिल्लामा भने धान खरिदकर्ता र किसानहरू दुविधामा परेका छन ।

सरकारले धान खरिदकर्ता सहकारी र ब्यापारीहरूलाई अनुदान नदिएसम्म समर्थन मूल्यमा धान किन्न नसकिने बारा जिल्लाका धान खरिदकर्ताहरूले बताएका छन ।

हालैमात्र सरकारले मोटा प्रजातिका धानहरू, बिजी, राधा ४, सारो, सोनाको खरिद समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १९८ रूपैयाँ तोकेको छ यो गत वर्षको तुलनामा ३ सय ३० रूपैयाँले बढी हो ।

स्थानीय बजारमा मोटा प्रजातिकाको धानको मूल्य २८ सयदेखि २९ सय प्रतिक्विन्टल रहेको साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्री लाल सहनीले जानकारी दिनुभयो ।

ADVERTISEMENT

यस्तै मध्यम प्रजातिका धानहरुमा सोना मनसुली, साबित्री लगायत धानको खरिद मूल्य ३ हजार ३६२ रूपैया प्रतिक्विन्टल तोकिएको छ । यो मूल्य गत वर्षको तुलनामा २ सय ३४ रूपैयाँ बढी हो । सरकारको मातहतको खाद्य संस्थानले पहुँचवाला र आफनो अनुकुल अनुसार समर्थन मूल्यमा धान खरिद गर्ने डुमरवानाका किसान माधव पाण्डेको आरोप छ ।

सरकारमा कर्मचारीतन्त्र हाबी भएकाले साना किसानलाई त धानको समर्थन मूल्य तोकेकोमा ‘कागलाई बेल पाक्यो हर्ष न बडाई’ भने जस्तो भएको उहाँको भनाइ छ ।

गत वर्ष बाराका किसानले सरकारी मूल्य पाउने आशामा खाद्य संस्थान वीरगन्जमा बेच्न लगेको धान विभिन्न कारण देखाएर संस्थानले खरिद गर्न नकिने बताए पछि व्यापारीको मूल्यमा बेच्न बाध्य भएको किसान मनहर्वाका प्रदिप मगरले गुनासो गर्नुभयो ।

यता तराईको धानको मूल्य भने सरकारले तोके जस्तो नहुने र भारतको मूल्यमा निर्भर हुने भएकाले समर्थन मूल्यमा सरकारले नै खरिद गर्नुपर्ने संघका अध्यक्ष मिश्रीलाल सहनी बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज