काठमाडौं । प्रो सञ्जय लामाको टिमले सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत सूर्य नेपाल इस्टर्न ओपन प्रो-एमको उपाधि जितेको छ । धरान गल्फ क्लबमा भएको प्रतियोगितामा प्रो सञ्जयको टिमले १६७ अंकसहित उपाधि जितेको हो । प्रो सञ्जयले ४१ तथा एमेच्योर भुवनेश लिम्बूले ४३, बिना सापकोटाले ४२ र श्याम लिम्बूले ४१ अंक बनाउनुभयो ।
नेपाल नम्बर एक प्रो भुवन नगरकोटीको टिम १५९ अंकसहित दोस्रो भयो । भुवनले ३९ अंक बनाउँदा एमेच्योरहरू एसएसपी भीम दाहाल, पूर्णबहादुर राई र बलबहादुर राईले समान ४०/४० अंक बनाउनुभयो । प्रो निरज तामाङको टिम १५५ अंकसहित तेस्रो हुँदै निरजले ३८ अंक जोड्नुभयो । एमेच्योरहरू दिवस तुलाधर, सिद्धान्त सापकोटा र सुष्मा सिंहले समान ३९/३९ अंक जोड्नुभयो ।
महिलातर्फ ४२ अंक जोडेर बिना सापकोटाले उत्कृष्ट खेलाडीको पुरस्कार जित्नुभयो भने प्रतियोगितामा होल नम्बर १८ मा सञ्जीव क्षेत्रीले लङ्गेस्ट ड्राइभ र होल नम्बर १७ मा एसएसपी भीम दाहालले क्लोजेस्ट टु दी पिनको अवार्ड जित्नुभयो । विजयी खेलाडीलाई नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राई, कोशी प्रदेश गल्फ संघका उपाध्यक्ष भरत तामाङ र धरान गल्फ क्लबका सचिव देवराज राईले पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रो-एम प्रतियोगितामा १२ प्रो तथा ४८ एमेच्योर गरी कुल ६० खेलाडीले भाग लिएका थिए । प्रतियोगिताको कुल पुरस्कार राशि आठ लाख ८२ हजार रहेको थियो । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन महिना पोखरास्थित हिमालयन गल्फ कोर्समा हुने आयोजकले जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा