मुगु । नेपाल पत्रकार महासङ्ग मुगु शाखाले जिल्लामा कृयाशिल दुई जना अग्रज पत्रकारलाइ सम्मान गरेको छ ।
मुगु शाखाका नव निर्वाचित जिल्ला शाखाको प्रथम बैठकले मुगु जिल्लामा लामो समय देखि कृयाशिल स्थापक अध्यक्ष विनोद कुमार मल्ल र निवर्तमान अध्यक्ष नृपेन्द्र बहादुर मल्ललाई सम्मान गरेको हो ।
पत्रकार विनोद कुमार मल्ल रेडियो नेपाल मुगु समाचारदातामा रहि विगत २६ वर्षदेखि जिल्लामा कृयाशिल हुनुहुन्छ भने पत्रकार नृपेन्द्र बहादुर मल्ल विगत २१ वर्ष देखि राष्ट्रिय समाचार समिती (रासस) देखि हिमालय टाइम्सको मुगु जिल्ला समाचारदाताका रुपमा रहि पत्रकारिता गर्दै आउनु भएको छ ।
२०६२ सालमा नेपाल पत्रकार महासङ्ग मुगु तदर्थ समिती गठन हुदा सस्थापक अध्यक्ष रहनु भएका विनोद कुमार मल्ललाई मुगु शाखाको पहिलो बैठकले महासङ्गको जग बसाल्नु भएको र दुर्गम मुगु जिल्लामा पत्रकारिता सिकाउनु भएको भन्दै मुगु जिल्ला कै वरिष्ठ पत्रकारको उपाधि दिने र सम्मान गर्ने र अर्का पत्रकार नृपेन्द्र बहादुर मल्ललाई मुगु शाखाको आजसम्मको इतिहासमा २ कार्यकाल शाखा अध्यक्ष भएको र दुवै कार्यकाल अवधि भर कुशल, समावेशी र समन्वयात्मक भुमिका निर्वाह गरि मुगु शाखा र मुगुमा कृयाशिल पत्रकारको शिर उचो बनाउन योगदान गरेको भन्दै सम्मान गरिएको नेपाल पत्रकार महासङ्ग मुगु शाखाका सचिव नन्द बहादुर रोकायाले बताउनु भयो ।
सम्मानित हुने दुवैजना अग्रज पत्रकारहरुलाइ पत्रकार महासङ्ग मुगु शाखाका अध्यक्ष अचुत राज भन्डारीले सम्मान पत्र सहित खादा लगाइ दिएर सम्मान गर्नु भएको थियो ।






