हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोइनसहित ७ जनालाई पक्राउ गरेको छ ।
बिहीबार राति ९ बजेको समयमा हेटौँडा–१७, हटियाबाट २ जना र बिहीबार दिउँसो ३ बजेको समयमा हेटौँडा–२, पुरानो मकवानपुर रोडबाट ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
हेटौँडा–१७, हटिया दाबिलेबाट २ ग्राम ५४० मिलिग्राम खैरो हेरोइनसहित ३२ वर्षीय विदन कुमार भुजेल र बारा जिल्लाको विश्रामपुर गाउँपालिका–८, नकाटुवा टोलका २१ वर्षीय शेख आजादलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस्तै ४ ग्राम खैरो हेरोइनसहित हेटौँडा–२, पुरानो मकवानपुररोडस्थित शिशिर राजथलाको घरबाट ३१ वर्षीय शिशिर राजथला, ३० वर्षीय निरन श्रेष्ठ, ३५ वर्षीय सुदिप भुर्तेल, हेटौँडा–४ का ३० वर्षीय असिम कुमार बर्तौला र हेटौँडा–१ का ३० वर्षीय ओम साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ७ जनालाई मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर हिरासतमा राखी अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।






