गुल्मी । गुल्मीको एक स्थानीय तहमा क्रिकेट विकास समिति गठन गरिएको छ । यस जिल्लाको छत्रकोट गाउँपालिकाले गाउँपालिकास्तरीय क्रिकेट खेलाडीहरु तथा खेलप्रेमी सरोकारवालाहरुको भेलाबाट गाउँपालिकास्तरीय क्रिकेट विकास समिति गठन गरेको हो ।
छत्रकोट गाउँपालिकामा क्रिकेट खेललाई व्यवस्थित गराउने उदेश्यसहितको भेलाले पुरन थापाको अध्यक्षतामा ११ सदस्यीय छत्रकोट क्रिकेट विकास समिति गठन गरिएको छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
उपाध्यक्षमा चिरन्जीवी टन्डन, सचिवमा कमल घर्ती, उपसचिवमा मिनबहादुर शारु र अर्जुन टन्डन, कोषाध्यक्षमा प्रदिप झाँक्री रहनुभएको छ ।
सदस्यहरुमा गोविन्द न्यौपाने, किशोर ढेगा, सौगात पन्त, सुरज थापा र जीवन घर्ती रहनुभएको छ । त्यस अवसरमा गाउँपालिका अध्यक्ष पाण्डेले क्रिकेट छत्रकोट गाउँपालिकाको विकास र समृद्धिको प्रतीक बन्न सक्ने बताउनुभयो । यहाँका खेलाडीहरुले क्रिकेट खेलमा निकै आकर्षण देखाएको हुँदा क्रिकेट खेललाई व्यवस्थित बनाउन समिति गठन उहाँले गरिएको बताउनुभयो ।






