एजेन्सी । पूर्वविश्व नम्बर एक सिमोना हालेपले अष्ट्रेलियन ओपन छनोट नखेल्ने हुनुभएको छ । छनोटका लागि ‘वाइल्ड कार्ड’ प्राप्त गरे पनि हालेपले चोटका कारण नाम फिर्ता लिनुभएको हो । दुबईमा प्रदर्शनी खेलका दौरान हालेपको घुँडा र काँधमा समस्या देखिएको थियो ।
३३ वर्षीया रोमानियाकी हालेपमाथि लागाइएको चार वर्षको डोपिङ प्रतिबन्ध यसवर्ष घटाएर नौ महिनामात्र बनाइएको थियो । ‘टोलीसँगको छलफलपछि मैले अष्ट्रेलियन ओपन छनोट नखेल्ने निर्णय लिएको छु ।
यो निकै कठिन थियो तर खेलभन्दा पहिला आफ्नो स्वास्थ्य आउँछ’, हालेपले भन्नुभएको छ । अष्ट्रेलियन ओपनको छनोट जनवरी ६ देखि ९ सम्म हुनेछ । यसैगरी मुख्य प्रतियोगिता जनवरी १२ मा सुरु हुनेछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा