मुगु । बुधबार सामाजिक संजाल फेसबुकमा एक कारुणिक दृश्य देखियो । जुन दृश्य मुगु जिल्लाको पश्चिम खत्याड गाउँपालिका-४ माझचौर भन्ने स्थानको थियो । एउटा स्टेक्चरमा ४/५ जना अधबैंसे महिलाले बिरामी बोकेर माझचौरस्थित एक निजी औषधि पसलतर्फ लैजाँदै थिए । उनीहरु गाउँपालिका कै वडा नम्बर- ३ माथि खर्क गाउँका स्थानीय महिलाहरु थिए ।
खत्याड गाउँपालिका-३ माथिखर्क गाउँकी ७० बर्षकी पन्चा टमटा दमले थला परेर गाउँमा उपचार सम्भव नभएपछि उहँलाई गाउँकै ४-५ जना महिला मिलेर उपचारको लागि बोकेर औषधि पसल पुर्याएर उपचार गराएका थिए ।
खत्याड-४ माझचौरमा देखिएको यो दृश्य नजिकैको खर्कगाउँकी महिलाको हो ।
करिब डेढ घण्टाको पैदल दुरीमा रहेको यस गाउँदेखि ४/ ५ जना महिलाले स्टेक्चरमा बिरामी बोकेर उपचार गराउन मेडिकल पुग्नु सम्भवत: जिल्लाको लागि पहिलो घटना हो ।
याे दृश्य माझचौर मै स्टेसनरी पसल गर्दै आएका खत्याड-११ रातापानीका कमल कार्कीको आँखामा ठोकियो । उहाँले तस्बिर खिच्नुभयो । अनि फेस्बुकमा पोष्ट्गर्दै देशको अवस्था यति सम्म भैसकेछ जबकी गाउँमा कोहि बुडापाका बिरामाी हुँदा पनि बोकेर स्वास्थ्य चौकीसम्म लैजानलाई युवाहरू छैनन् ।
हुन त कसरी गाउँमा युवहरु बसुन रोजगारी छैन, श्रम गरेर खान पुग्दै काम गरेनी १/२ बर्षसम्म ज्याला मिल्दैन अनि कसरी गाउँमा बस्ने ? कसरी परिवार पाल्ने ? देशका ७५३ स्थानीय तहका वडादेखि केन्द्रसम्म भ्रष्टाचारी नेतालाई पालनपोषण गर्न सबै पार्टी लागिपर्ने, अनि कसरी देश अगाडि बढ्ला ? अबको एक बर्षपछि गाउँमा युवा देखियो भने कि त्यो नेताको गुलाम होस् कि त अशक्त छ भनेर बुज्दा हुन्छ । अनि बुडापाका घरभित्रै मरेर कुहिने अवस्था हुन्छ । के बिजोक देख्नु यी आँखा ! भनेर मार्मिक शब्द लेख्नुहुन्छ ।
खत्याड गाउँपालिका-३ माथिखर्क गाउँकी ७० बर्षकी पन्चा टमटा दमले थला परेर गाउँमा उपचार नभएपछि उहाँलाई गाउँकै ५ जना महिलाले बोकेर औषधि पसलमा उपचार गराएका थिए ।
यस बिषयमा उहाँका छोरा चन्द्र बहादुर बिकलाई फोन गरी बुज्दा उहाँ भन्नुहुन्छ 'म माझचौरमा पसल गरेर बस्छु घरमा आमा दमले थला परेको थाहा पाएपछि आमाको उपचारको लागि घर गएँ । गाउँमा युवाहरू कोहि छैन्न सबै रोजगारीको लागि भारत तिर गएका छ्न् ।'
उहाँले दुखेसो सुनाउनु भयो । बिरामी आमालाई एक्लै बोक्न सम्भव नभएपछि गाउँकै महिला दिदिबहिनीहरुले बोकेर मेडिकलसम्म पुर्याउन सहयोग गर्नु भयो ।
यति मात्रै होइन आमाको उपचारपछि पुन डेढघण्टा महिलाहरूले नै बोकेर घरमै पुर्याएकाे छोरा चन्द्रबहादुरले सुनाउनु भयो । 'यो कुनै रहर नभएर बाध्यता हो' उहाँले थप्नुभयो ।६० घरधुरी रहेको माथीखर्क गाउँमा दलित बस्ति यतिबेला युवा बिहिन जस्तै छ ।
खर्क गाउँ त एक नमुना मात्र हो दशै तिहार र कात्तिकको काम सकेर युवाहरू मजदुरीका लागि भारततिर पसे । मुगुका प्राय गाउँहरु युवा बिहिन छ्न् । गाउँमा कोहि विरामी परे, कसैको मृत्यु भए बोक्ने युवा शक्ति नहुँदा महिलाहरुले नै बोक्न पर्ने अवस्था छ । आज गाउँमा यस्तै दर्दनाक अवस्था छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts