
काठमाडौं । रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो १७औं वार्षिकोत्सव मनाएको छ । रश्मिलाज फेसियल हाउसले वार्षिकोत्सवको अवसर पारेरमा काठमाडौंको गोंगबु आवास क्षेत्रमा रहेको मानवसेवा आश्रमका ५३ जना ज्येष्ठ नागरिक र साना बालबालिकालाई न्यानो कपडा बितरण गर्नुका साथै मिष्ठान भोजन गराएको छ । सो अवसरमा केट काटेर शुभकामना आदन-प्रदान गर्नुका साथै उनीहरूलाई आर्थिक सहयोग पनि गरिएको थियो ।
फेसियल हाउसले सामाखुसीको बिजी बेंकेटमा पनि विभिन्न कार्यक्रम गर्दै वार्षिकोत्सव मनाएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यता र अमेरिकाको ब्रेन्डफोर्डका उपमेयर रामचन्द्र श्रेष्ठको विशेष आतिथ्यतामा सो फेसियल हाउसका कर्मचारीलाई सम्मानित तथा पुरस्कृत गरेको थियो ।
बोर्डका अध्यक्ष डिसीले वार्षिकोत्सवको उद्घाटन गर्दै बधाई तथा शुभकामना दिनुभएको थियो । समारोहमा अमेरिकाको ब्रेन्डफोर्डका उपमेयर रामचन्द्र श्रेष्ठ, अमेरिको स्यायाटलका बुद्धीजंग कुँवर, निर्माण व्यवसायी संघ धादिङका पूर्वअध्यक्ष रमेशकुमार श्रेष्ठ, भैरवी केवल धादिङका अध्यक्ष बद्रीकुमार श्रेष्ठलेलगायतले फेसियल हाउसलाई वार्षिक उत्सबको बधाई तथा शुभकामना दिनुभएको थियो ।
सो अवसरमा दुईजना प्रोफेसनल व्युटिसियन नुतन गिरी र चन्दा घिसिङलाई सम्मान प्रप्रदान गरिएको थियो । यस्तै सो फेसियल हाउसको लामो समयदेखि फोटोग्राफी गर्दै आएका फोटो पत्रकार बद्री थापालाई पनि विशेष सम्मानबाट सम्मानित गरिएको थियो ।
रश्मिलाज फेसियल हाउसका विभिन्न शाखामा लामो समयदेखि निरन्तर सेवा दिएका व्यवस्थापक, हेयर डिजाईनर, मेकअप आर्टिष्ट र ब्युटिसियनहरूलाई पनि कार्यक्रममा प्रशंसापत्र प्रदान गरिएको थियो । रश्मिलाज फेसियल हाउसकी अध्यक्ष एवं सौन्दर्यकर्मी रश्मिला श्रेष्ठले कार्यक्रममा सबैलाई स्वागत गर्दै आफूहरूले सौन्र्दय सेवा, ब्युटिसियनसम्बन्धी प्रशिक्षण र सौन्दर्य सामग्री नेपालमै उत्पादन गर्न पनि सुरु गरेको जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच