
ललितपुर । तुल्सीलाल स्मृति क्लब टिम चेस च्याम्पियनसिपको पहिलो चरणमा साबिक विजेता दोलखा चेस होम पुल्चोक इञ्जिनियरिङ कलेजसँग ३-१ ले पराजित भएको छ । नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगितामा पुल्चोकका आशिष भुषालले वर्तमान नेपाल च्याम्पियन राजन सुवेदी, सजन काफ्लेले प्रकाशचन्द्र नेपाल र सम्यक श्रेष्ठले पूजा भण्डारीलाई पराजित गर्नुभयोे । महेश खड्काले भने सिएम पुरुषोत्तम चौलागाईंसँग हार बेहोर्नुभयो ।
प्रतियोगिताको पहिलो दिन ललितपुर महानगरपालिका, गोदावरी नगरपालिकाका, कोशी प्रदेश बुद्धिचाल संघ, आयोजक ललितपुर स्पोर्ट्स क्लब, भक्तपुर जिल्ला बुद्धिचाल संघ, थापाथली चेस पार्क, महालक्ष्मी नगरपालिका, काठमाडौं चेस क्लब र दोलखा जिल्ला बुद्धिचाल संघले पनि जित दर्ता गरेका छन् । क्लब टिम च्याम्पियनसिपमा सात चरणको लिग खेलपश्चात् शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
प्रतियोगिताका शीर्ष चारलाई क्रमशः दुई लाख, एक लाख २० हजार, ६० हजार र ४० हजार प्रदान गरिनेछ । यसैगरी हरेक बोर्डका उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच