
नेपाली पत्रकारिता क्षेत्रमा आफ्नो छुट्ट तर विशिष्ट पहिचान बनाएको ‘हिमालय टाइम्स’ नेपाली राष्ट्रिय दैनिक, आफ्नो नाम जस्तै इमानदारी, निरन्तरता, तटस्थता, कर्तव्य परायणता, निश्पक्षता र पत्रकारिता धर्मप्रति अडिग रही अतुलनीय उचाइ प्राप्त गरेको छ । अनेकौं आरोह-अवरोह र चुनौतीका बीच यसले अहिलेसम्म पूरा गरेको २९ वर्षको अथक यात्रा प्रशंसनीय छ । ‘हिमालय टाइम्स’को प्रकाशनको निरन्तरताको विषयमा नकारात्मक टिका टिप्पणी र आलोचना गर्नेहरू आफैं थकित भए तर प्रत्येक चुनौतीपश्चात यो झन् परिष्कृत भएर कनक जस्तै चम्केको छ । ‘हिमालय टाइम्स’ नेपाली दैनिकको प्रकाशनले निरन्तरता पाइरहोस तथा यसको प्रकाशनको स्वर्णजयन्तीमा मेरो पनि सहभागिता रहोस् भन्ने ईश्वरसँग मंगल कामना गर्दछु । हिमालय टाइम्सको भगिरथ प्रयत्न तेस्रो दशकमा प्रवेश गर्नु खुशीको विषय हो ।
हिमालय टाइम्स दैनिकमा मैले स्वतन्त्र रूपमा आफ्ना विचारहरू लेख्दै आएको छु । जति स्वतन्त्रताका साथ यस दैनिकमा मैले लेख्न पाएको छु, त्यति सम्भवतः नेपालका अन्य समाचारमाध्यम सहज लाग्दैनन् । देशका समसामयिक विषयमा पनि मैले लेख्दै आएको छु ।
हिमालय टाइम्ससँगको मेरो आबद्धता साढे दुई दशक पुरानो हुनुपर्दछ । बुद्धनगरमा यसको कार्यालय रहेको समयदेखि मैले आफनो लेख-रचना यस पत्रिकामा लेख्दै आएको छु । ‘हिमालय टाइम्स’ नेपाली पत्रकारिताको एउटा यस्तो नर्सरी हो, जसमा सेकडौ पत्रकार र लेखकहरू पल्लवित र पुष्पित हुने अवसर पाए । यो बेग्लै कुरा हो कि यसको फूल भोग गर्ने अवसर अन्य सञ्चारमाध्यमलाई प्राप्त भयो । आज नेपालको जुन सुकै सञ्चारगृहमा कार्यरत सञ्चारकर्मी र विद्वानहरू हिमालय टाइम्ससँगको आफ्नो सम्बद्धता र सानिध्यताप्रति गर्व नै महसुस गर्दछन् । हिमालय टाइम्सले आफ्नो संस्थामा कार्यरत प्रत्येक सञ्चारकर्मी, लेखक, कवि र विद्वानलाई आफनो योग्यता र क्षमताको उपयोग गर्ने यथेष्ट अवसर प्रदान गर्दै आएको छ । आकाशमा उड्न खोज्नेलाई खुला आकाश उपलब्ध गराएको छ । स्वतन्त्र, निश्पक्ष, इमानदारी र मर्यादित पत्रकारिताको चारवटा बलियो स्तम्भमा उभिएको यसै पत्रिकाको जडो जति वर्ष पुरानो छ, त्यति वर्ष नै यसको भविष्य पनि सुरक्षित रहने निश्चित छ । यसको अर्थ, आउँदो तीन दशक यसको प्रकाशकीय यात्रा अविरल रूपमा चलि रहने निश्चित छ ।
यस दैनिकमा मैले स्वतन्त्र रूपमा आफ्नो विचार लेख्दै आएको छु । जति स्वतन्त्रताका साथ यस दैनिकमा मैले लेख्न पाएको छु, त्यति सम्भवतः नेपालका अन्य समाचारमाध्यम सहज लाग्दैन । देशका समसामयिक विषयमा मैले लेख्दै आएको छु । नेपाल-भारत सम्बन्धका सकारात्मक पक्षबारे निरन्तर रूपमा मैले लेखिरहेको छु । नेपाल-भारत सम्बन्धमा तिक्तताको अवस्था उत्पन्न हुँदा पनि मैले त्यसलाई सामान्य र सुमधुर बनाउने गरी आफनो सुझाव-सल्लाह राख्दै आएको छु । मेरो बारेमा कतिपयको बुझाई आफ्नै किसिमको हुनसक्दछ तर हिमालय टाइम्सले कहिल्यै मेरो लेखनी यात्रामा समस्या आउन दिएन ।
त्यसैगरी तराई–मधेसका समस्याको सम्बन्धमा मेरो बुझाइ र लेखाइ काठमाडौं तथा देशका अन्य विद्वतजनभन्दा फरक रहेको छ । सामान्य भाषामा प्रयोग गर्दा मधेस मुद्दाका म पक्षपाती रही आएको छु । तराई-मधेसमा हुनेगरेका प्रत्येक आन्दोलनको पक्षमा र काठमाडौं (केन्द्रित सत्ता)को विरुद्धमा लेख्दै आएको छु । हिमालय टाइम्सले कहिल्यै यस सम्बन्धमा मलाई प्रश्न गरेन । यस लोकप्रिय दैनिकमा एक से एक विद्वान, गुणी र निपूण व्यक्तित्वहरूले सम्पादनको नेतृत्व लिएको इतिहास छ । अहिले पनि यस पत्रिकामा आबद्ध भएर धेरै कुरा सिक्न सकिन्छ, ग्रहण गर्न सकिन्छ । हिमालय टाइम्समा साढे दुई दशकको यात्राका बाबजुद पनि म आफूलाई यस विद्यालयको सामान्य छात्र नै ठानी रहेको छु र मैले अझै यहाँबाट अझ धेरै सिक्न र पढन बाँकी छ । यो दैनिक सबैको साझा पत्रिका हो । यसमा प्रत्येक नेपालीले आफ्नो अनुहार हेर्न सक्दछन् ।
कोभिड-१९ ले उत्पन्न गरेको विश्वव्यापी आर्थिक संकट, अनलाइन पत्रिकाहरूको बाढी, फेसबुक समाचारको व्यापार तथा विज्ञापनमा ८० देखि ९० प्रतिशत सम्म कमिशन दिनुपर्ने (सम्बन्धित निकाय र कार्यालय) चुनौतीका बाबजुद यस पत्रिकाले निरन्तर रूपमा आफ्नो धर्म, कर्तव्य र जिम्मेवारीको निष्ठापूर्वक पालन गर्दै तेस्रो दशकमा पुग्नु सामान्य उपलब्धि होइन । कान्तिपुर र नेपाल समाचारपत्रपछि तीन दशकको यात्रा पूरा गर्ने काठमाडौंबाट प्रकाशित निजी क्षेत्रको तेस्रो दैनिक यो नै हुनुपर्छ ।
हिमालय टाइम्सले केवल नेपालको स्वतन्त्रतामा मात्रै योगदान पुर्याएको छैन, लोकतन्त्रको संस्थागत विकासमा मात्रै सहयोग पुर्याएको छैन । देश र जनताका जल्दा बल्दा समस्याको पक्षमा पनि निर्भिक भएर उभिएको छ ।
हिमालय टाइम्सले देशमा जनआन्दोलन-२ लाई सफल बनाउन चलेको लोकतान्त्रिक आन्दोलनमा पनि महत्वपूर्ण भूमिकाको निर्वाह गरेको थियो । यसका अधिकांश समाचारदाता मेरा मित्र थिए, अहिले पनि हुन्, यसका पत्रकारहरू त्यतिबेला समाचार संकलन र समाचारको प्रकाशनसम्म मात्रै सीमित थिएनन् आन्दोलनकारी दलहरूसँग कार्यकर्ताको अभाव रहेका वखत भौतिक रूपमा आफ्नो सहभागिता पनि आन्दोलनमा देखाएका थिए । आन्दोलनको सफलता पश्चात राजनीतिक दलहरू सरकारमा सत्तामा पुगेपछि आफ्नो कमजोर दिनका साथीलाई सबैभन्दा पहिले बिर्सने गर्दछन् । हाम्रो देशमा पनि यही नै भएको छ । देशका राजनीतिक दलहरूले लोकतन्त्रलाई बलियो बनाउने हर सम्भव प्रयास गर्नुपर्दछ । जुन देशमा सञ्चारमाध्यम जति बढी स्वतन्त्र, सबल, सक्षम हुन्छन्, त्यो त्यति नै स्वावलम्बी र स्वाभिमानी हुन्छ । सञ्चारमाध्यमलाई आफ्नो बनाउने प्रयास गर्नुहुँदैन । त्यसलाई राम्रो र सबैका लागि प्रिय बनाउनमा सहयोग गर्नुपर्दछ ।
कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई राज्यको तीन अंगको रूपमा संवैधानिक मान्यता नै प्राप्त रहन्छ । पत्रकारितालाई चौथो अंग मानिएको छ तर मौखिक रूपमा यसको राज्यको चौथो अंग भनि दिएरमात्रै देशका राजनीतिक दलहरू सरकार तथा हाम्रो समाजको दायित्व पूरा हुँदैन । जसरी सञ्चारमाध्यमबाट हामी धेरै थोक पाउने आशा गरेका हुन्छौं । त्यसरी नै हामीले पनि सञ्चारमाध्यमका जायज अपेक्षा र जिज्ञासाका बारेमा गम्भीरतापूर्वक मनन गर्नुपर्ने हुन्छ, त्यसमाथि अमल गर्नुपर्दछ ।
हिमालय टाइम्सले केबल नेपालको स्वतन्त्रतामा मात्रै योगदान पु¥याएको छैन, लोकतन्त्रको संस्थागत विकासमा मात्रै सहयोग पु¥याएको छैन । देश र जनताका जल्दा बल्दा समस्याको पक्षमा पनि निर्भीक भएर उभिएको छ । तराई मधेसका आर्थिक, सामाजिक र सांस्कतिक समस्या होउन, असमानता, अन्याय र उत्पीडनका घटना होउनन अथवा विकट पहाडी जिल्लाका अत्यावश्यक तर विभिन्न कारणले चर्चामा नआएका समाचारलाई पनि यसले उजागर गर्दै आएको छ । आदिवासी जनजातिका समस्यादेखि लएर गरिबी र पछयौटेपनका शिकार नेपाली जनताको पहिलो आवाज हिमालय टाइम्स नै सावित भएको छ । अहिले अनलाइनको जमानामा प्रिन्ट मिडियाको आकर्षणमा कमी आएको छ तर समाचार, विचार, समीक्षा, साहित्य, संस्कृति र अन्य विद्याहरूका बारेमा पनि सम्पूर्ण जानकारी हासिल गर्न प्रिन्ट मिडियामा जानुको विकल्प छैन । अहिले पनि विद्वतजनको पहिलो रोजाई प्रिन्ट मिडिया नै हो । हिमालय टाइम्स तीसौं वर्षमा प्रवेश गर्नु खुशीको विषय हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच