एउटा इतिहास बोकेको पत्रिका जसको कुनै बेला नामसँगै पूरै नेपाली बजारमा एकछत्र पकड थियो । भनिन्छ नाम कमाउन जति सजिलो छ, त्यसलाई जोगाइराख्न त्यत्तिकै गाह्रो छ । जुन कुरा यो ऐतिहासिक पत्रिकामा पनि लागू हुन्छ । विभिन्न उतारचढाब बीच यसले आफ्नो २९ वर्ष पार गरेको छ । अब यो पत्रिकाले पनि वश्यक अवस्थामा पाइला टेकेको छ ।
एक त प्रतिस्पर्धात्मक बजारमा टिक्नै गाह्रो हुन्छ । तर, यसले टिक्नेमात्र होइन लामो कालखण्डको विभिन्न घटनाक्रममा प्रत्यक्ष साक्षीसमेत बनेको छ । सरकारी गोरखापत्र पछाडिको यस पत्रिका त्यो बेला यस्तो घानमा मुछिन पुग्यो । जुनबेला नेपालमा पत्रिका खोल्ने प्रतिस्पर्धा नै चलेको थियो । पैसा भएका र नयाँ सोच लिएर आएकाहरूसँग यसले ठाडो प्रतिस्पर्धा गर्नु परेको थियो । विभिन्न कालखण्ड पार गरेको यस पत्रिकाले समाचार प्रकाशन गरेकै भरमा विभिन्न उत्तारचढाब नै भोग्नु पर्यो, जुन अहिलेका कमै पत्रिकाले त्यो समस्या भोगेका छन् । तर, पनि यसले आफ्नो नाम अनुसारको काम २९ वर्ष बित्दा पनि निरन्तर अटल रहेर गरिरहेको छ ।
विभिन्नकालखण्ड पार गरेको यस पत्रिकाले समाचार प्रकाशन गरेकै भरमा विभिन्न उत्तारचढाब भोग्नु पर्यो, जुन अहिलेका कमै पत्रिकाले त्यो समस्या भोगेका छन् । तर, पनि यसले आफ्नो नाम अनुसारको काम २९ वर्ष बित्दा पनि निरन्तर अटल रहेर गरिरहेको छ ।
नेपाली पत्रकारिता क्षेत्रमा यो एउटा यस्तो विद्यालय बन्यो, जहाँ काम गरेर गएकाहरू नेपालका दिग्गज पत्रकारमा कहलिए । यस्तो एतिहासिक पत्रिकासँग जोडिन पाउँदा मलाई पनि निक्कै गर्व महसुस भएको छ । यस पत्रिकामा प्रवेश गरेको पनि पाँच वर्ष पुगिसकेको छ । प्रवेशकै समयमा सुरु भएको कोरोनासँगै सबै साथीहरूले घरबाटै समाचार तयार गरी पठाउँथ्यौं । डिजाइन पनि घरबाटै हुथ्यो । सोही समयमा मसँगै प्रवेश गर्नुभएको थियो हालका प्रधान सम्पादक पुरुषोत्तम दाहाल । तर, मैले नाम सुने पनि उहाँसँग प्रत्यक्ष भेट्ने अवसर भने पाएको थिइन । उहाँसँग कामको सिलसिलामा फोनमा कुरा हुन्थ्यो तर प्रत्यक्ष भेट भने पहिलो चरणको कोरोना सकिने सकिने समयमा भयो । जुनबेला बल्ल हामी कार्यालयमा गएर काम गर्न थालेका थियौं । उक्त समय कार्यालयमा लगभग कर्मचारी अभावै थियो । पुराना धेरै साथीहरूले छोडेको अवस्थामा हामी थियौं । जिल्लामा संवाददाता साथीहरू शून्य अवस्था थियो ।
त्यसपछि मात्र हामीले केन्द्र र जिल्लाहरूमा नयाँ साथीहरूलाई प्रवेश गरायौं । जो सबै युवा हुनुहुन्छ । अहिले हिमालय टाइम्स अनुभवी पुरानो काधमा नयाँ जोशका साथ अगाडि बढिरहेको छ । उक्त कुरा सम्पादक पुरुषोत्तम दाइले पनि ठ्यौलीको रूपमा बारम्बार भनिरहनु हुन्छ । तर, जे भने पनि उहाँको अनुभव हामीलाई मार्ग दर्शन बनेको छ । हाल उहाँ मलाई कार्यकारी सम्पादकको जिम्मेवारी दिएर अमेरिकामा हुनुहुन्छ, तर पत्रिकामा गएका हरेक समाचार उहाँले उतैबाट सहजकीरण गरिरहनुभएको छ ।
इमेज च्यानलमा १३ वर्ष काम गरेको अनुभव भिन्न फिल्डमा लिएर म यहाँ प्रवेश गरेको थिए । त्यो बेलासम्म उपसम्पादकको जिम्मेवारी मैले पाएको थिए । साथीहरूको नयाँ सोंच र हौसलाकाबीच हामीले विभिन्न विषयवस्तु समेटेर पत्रिकालाई नयाँ रूपरंगसहित पाठक सामू पुर्यायौं । हामीले हरेक क्षेत्र, वर्ग र विषयवस्तुसहित समाचार प्रकाशित गर्यौं । समयको माग अनुसार हिमालय टाइम्सको अनलाइनलाई सशक्त बनायौं ।
पछिल्लो समय राष्ट्रियस्तरमा नाम कहलिएका लेखकहरू पनि हामीसँग जोडिनुभएको छ, त्यसले पनि पत्रिकाको गरिमा झनै बढाएको छ, बजारमा पत्रिकाको चर्चा फेरि हुन थाल्यो । विज्ञापन पहिलेको तुलनामा दोब्बरले नै बढ्न थाल्यो । भन्नुपर्दा अहिलेका नाम कहलिएका र चर्चित भनिएका पत्रिकाहरूलाई एकपटक फेरि यसले चुनौती दिएको छ । यो मैले गर्वका साथ भन्न पाएको छु । हो यति गर्दा पनि अझै केही कमीकमजोरी हामीबाट भएका होलान्, आगामी दिनमा त्यसलाई सुधार गर्ने पक्कै प्रयत्न गर्नेछौं । (लेखक पौड्याल हिमालय टाइम्स अनलाइन संस्करणका सम्पादक हुनुहुन्छ ।)

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा