
✍️ निरञ्जन मैनाली
बाराको कोल्हबी वडा न. २ स्थित पुरानो काटा, बगेवा, भलुवाइखोर र हनुमानगञ्ज लगायतका गाउँहरूमा विगत एक दशकदेखि जंगली हात्तीको आतंक छ । जंगली हात्तीका कारण यहाँका स्थानीय कष्टकर जीवन निर्वाह गर्न बाध्य छन् । हात्तीको आक्रमणबाट दश जनाले ज्यानसमेत गुमाइसकेका छन् । ज्यान गुमाउनुको साथसाथै हात्तीले व्यापक रूपमा बालीनालीहरू नोक्सानी गर्ने गरेको छ ।
स्थानीय स्तरमा यो नियन्त्रण हुन सक्दैन । यसका लागि प्रदेश र केन्द्र सरकारले पहल लिन आवश्यक छ । हात्ती नियन्त्रणका लागि केही दिन अगाडि एकीकृत समाजवादीका नेता छविलाल उप्रेतीको अगुवाइमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकायले चासो नदेखाउनुले यस क्षेत्रका मानिसहरू थप मर्माहत भएका छन् ।
के अब हात्ती नियन्त्रणका लागि कोल्हबीका जनताले तामागढीको राजमार्ग नै बन्द गरेर निदाएको सरकारलाई ब्युँझाउने हो कि ? कहिलेसम्म यहाँका जनता कष्टकर जीवन बिताउन बाध्य हुने ? बाराको कोल्हबी, हाल काठमाडौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच