✍️ निरञ्जन मैनाली
यस लोकप्रिय दैनिक हिमालय टाइम्समा मंसिर ३० गते आइतबार प्रकाशित डा.डीआर उपाध्यायको लेख ‘आन्तरिक विभाजन अस्थिरताको चक्रब्यूह’ पढेपछि केही भन्न मन लाग्यो । डा.उपाध्यायले कुनै बेला देशको प्रमुख शक्तिका रूपा रहेको नेकपा माओवादीलाई अब आलोचनात्मक मात्र नभई परिणाममुखी दलका रूपमा हेर्न चाहन्छन् भन्नुभएको छ । यो लेख एकदमै सान्दर्भिक र समय सापेक्ष रहेका कारण यही लखसँग जोडिएर केही भन्न गइरहेको छु ।
नेपालको वर्तमान राजनीतिक सन्दर्भमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता विघटन भएदेखि नै उत्तार चढावहुँदै आइरेको छ । यी दुबै पार्टीका अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’को अग्रसरतामा र अन्य राजनीतिक दलको सक्रियतामा नेपालको राजनीतिक परिवर्तन भएको सर्वविदितै छ । देशमा परिवर्तन भयो तर आमजनताको जीवनमा तात्विक भिन्नता आउन सकेन, जसले चरम निराशा बढाएको छ । दलहरूका गतिविधि निराशा अझ बढाउने खालका नै छन् । प्रचण्ड नेतृत्वको सरकारले धमाधम भ्रष्टाचारी, भूमाफियाविरुद्धको फाइल खोलेर कारबाहीको दायरामा ल्यान थालेपछि ठूला दलहरूको सातोपुत्लो गएकै कारण प्रचण्ड नेतृत्वको सरकार विघटन हो भन्दा अतिशयोक्ति नहोला ।
सशस्त्र युद्धबाट उदाएको पार्टीले भुइँमान्छेहरूको माग सम्बोधन गर्न लामो समयसम्म देशको राजनीतिक शक्ति रहँदा पनि केही गर्न नसक्नु दुःखद्पक्ष हो । सत्ताका लागि निरन्तर संघषले माओवादी झन् कमजोर भएकै हो । माओवादी पटक-पटक सरकारमा नगएर जनता र देशको जल्दाबल्दा समस्याको सम्बोधन गरेको भए आज पार्टी एक नम्बरको हुने थियो । तर, विडम्बना त्यस्तो हुनसकेन । हाम्रो दुर्भाग्य भन्नुपर्ला । नेतृत्वको कमजोरी हो । आज माओवादी विपक्षमा छ । अहिले सरकारको आलोचना गर्नुभन्दा आफ्नै राजनीतिक शक्ति बढाउन र जनतामा गुम्दै गएको विश्वास फर्काउनुपर्छ । साथै टुक्रिएर गएका पुराना दललाई एकतामा जोड दिनुपर्छ । पार्टीले आफ्ना सिद्धान्त र लक्ष्यलाई जनतामाझ लान सकेन भने लोकप्रियता कमजोर भएर जान्छ ।
यदि नेतृत्वले आन्तरिक एकता पुनस्थापित गरी प्रगातिशील मुद्दालाई अघि बढाउन सकेमा पार्टीको भविष्य सुनिश्चित छ । माओवादीका लागि प्रचण्ड नै निर्णयक भूमिका खेल्ने एकमात्र दक्षता भएका नेता हुन् । उनले पार्टीलाई एकजुट बनाउन र जनतामाझ पु¥याउन सक्षम छन् । यदि नेतृत्वले पार्टीलाई बलियो बनाउने हो भने आगामी निर्वाचनसम्म आफ्नो पार्टीको पुनःस्थापित गराई जनअपेक्षासँग जोडनुपर्छ । अनिमात्र माओवादीले बहुमतको सरकार बनाएर राष्ट्र र जनताका पक्षमा काम गर्नुसक्छ । बारा कोल्हवी, हाल काठमाडौं ।






