
झापा । झापा अर्जुनधारा नगरपालिका ११ लक्ष्मीधापको माछा पोखरीमा स्थानीय एक महिला मृत फेला परेकी छन् । दुई दिन अघिदेखि हराइरहेकी ५१ वर्षीया विमला दर्जी आज माछा पोखरीमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनी कसैलाई नसोधी घरबाट सुटुक्क निस्किएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । घटनाको अनुसन्धान जारी रहेको छ । उनलाई कसैले हत्या गरेर पोखरामा फालेको वा आफैँ डुबेर मृत्यु भएको भन्ने विषयमा झापा प्रहरी स्पष्ट भइसकेको छैन ।
दर्जी मृत भेटिएको पोखरी स्थानीय भुपाल गिरीको भएको झापा प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच