काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संंस्थाले संस्थाको शाखा कार्यालय थारमारे सल्यान आबद्ध समूह नम्बर ०७६,०७७,०७८,०८०,०८१ का ग्राहक सदस्यका परिवारमा भूकम्पले घर, गोठलगायत धनजन क्षति पुर्याएकोमा सो स्थानका ५२ घरपरिवारका सदस्यलाई आर्थिक राहत वितरण गरेको छ ।
पश्चिम रुकुम जिल्लाको त्रिवेणी गाउँपालिका-९ को रुकुम पेउघामा कार्यक्रमको आयोजना गरी संस्थाकी सदस्य गीता नेपालीको अध्यक्षतामा त्रिवेणी १० का वडाध्यक्ष सेरमन खड्काका साथै सोही गाउँपालिका-९ नुवाकोट प्रहरी चौकीका हवल्दार तोपबहादुर खड्का र सहायक प्रहरी हवल्दार शेरबहादुर शाहीको उपस्थितिमा आर्थिक सहयोग प्रदान गरिएको संस्थाले जनाएको छ ।






