हत्या गरेको अभियोगमा पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता

प्रतिकात्मक तस्वीर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

रूपन्देही । आफ्नै श्रीमती २१ वर्षीया अंजली विकको हत्या गरेको अभियोगमा बुटवल उपमहानगरपालिका-११ माझगाउँ बस्ने ३१ वर्षीय सागर विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सागरले घरायसी विवादको क्रममा कुटपिट गर्दा अंजलीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी देवीनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी ललितपुरकाे सातदोबाटो बस्ने सुनसरी ईटहरी घर भएका २३ वर्षीय नयन गुरूङको हत्या गरेको अभियोगमा ललितपुर महानगरपालिका-९ च्यासलस्थित टाउन अफ क्याफेका कामदार डडेलधुरा घर भई ललितपुर महानगरपालिका-९ च्यासल बस्ने २६ वर्षीय हेमराज भट्टलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

ADVERTISEMENT

भट्टले सोही क्याफेमा आएका नयनलाई विवादको क्रममा चक्कु प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि बिएण्डबि अस्पताल ग्वार्को पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बालकुमारी र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको लागि क्याफेका संचालक र क्याफेका कुकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?