
काठमाडौं । भारतीय गायक सोनु निगम आज (बुधबार) नेपाल आउँदै हुनुहुन्छ । उहाँ सांगीतिक प्रस्तुतिका लागि काठमाडौं आउन लाग्नुभएको हो । पुसको १० गते (बुधबार) अर्थात् क्रिसमस डेको अवसर पारेर ‘सोनु निगम लाइभ इन नेपाल’ शीर्षकमा भव्य सांगीतिक कार्यक्रम आयोजना हुँदैछ ।
आयोजक संस्था नेपाली टच अष्ट्रेलीयाका संस्थापक तथा संगीतकर्मी राज के गोस्वामीका अनुसार, कन्सर्टलाई भव्य बनाउनका लागि कुनै कसर बाँकी राखिएको छैन । बौद्धस्थित हायात होटलको खुला चौरमा यो कन्सर्टको आयोजना हुँदैछ । यसका लागि सम्पूणै तयारी पूरा भएको आयोजकले जनाएको छ ।
उक्त कार्यक्रममा सोनु निगमले तीन घण्टासम्म दर्शकलाई झुमाउने बताइएको छ । आयोजकले उक्त कन्सर्टमा १० हजार दर्शकको उपस्थिति रहने अपेक्षा गरेको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच