
काठमाडौं । लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईको शब्द रचना रहेको गीत ‘हाँसीराख माया’ सार्वजनिक भएको छ । मेलोडियस संगीतकार सुनिल मास्केको संगीत र मोनिका राईको स्वर रहेको गीतको भिडियोसहित सार्वजनिक गरिएको हो । गीतमा प्रदीप श्रेष्ठको एरेञ्ज, किशोर थापाको मिस्किङ छ ।
गीतको भिडियोमा गायिका राई नै फिचर्ड हुनुहुन्छ । युवराज वाइवाको निर्देशनमा तयार भएको भिडियोमा निशल पौडेलको छायांकन, लोकेन्द्र सुब्बाको सम्पादन, लोमस पौडेलको पोष्ट प्रोडक्सन छ । विकास लामा प्रोडक्सन म्यानेजर रहेको गीतको भिडियो मोनिकाको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
यसअगाडि नरेश र सुनिलले आधा दर्जन बढी गीतमा सहकार्य गरिसक्नुभएको छ । सिडी एल्बम निकाल्ने पहिलो गायक र संगीतकारको रूपमा परिचित सुनिलले नयाँ प्रतिभालाई अवसर दिने संगीतकर्मीका रूपमा परिचित हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच