रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन कायम गर्न प्रदेश सरकारले बेरुजु हुनै नदिनेगरी काम गर्ने बताउनु भएको छ ।
महालेखापरीक्षकको कार्यालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको समन्वयमा सोमवार राप्ती उपत्यका देउखुरीमा आयोजना गरेको लेखापरीक्षण, बेरुजु फछ्र्यौट र सम्परीक्षण सम्वन्धि प्रदेशस्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले बेरुजु फछ्र्याैटलाई प्राथमिकतामा राखेर काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो ।
‘सुरुका दिनमा बेरुजु थिएन । विचमा बेरुजु बढेर गयो । त्यसलाई घटाउन जरुरी छ’ उहाँले भन्नुभयो, ‘सुशासन र जवाफदेहीता कायम गर्न बेरुजुलाई शुन्यमा झार्ने सरकारले रणनीति बनाएको छ ।’ बेरुजु घटाउन कर्मचारीको कार्यसम्पादन मुल्यांकनमा बेरुजु फर्छाैटलाई अनिवार्य समेट्नुपर्ने मुख्यमन्त्री आचार्यले बताउनु भयो ।
उहाँले प्रदेश सरकारले बेरुजुलाई घटाउने बिषय रणनीतिक योजनाहरुमा समेटेर अघि बढाएको, कर्मचारी तहमा जारी गरेको १४ बुदे निर्देशनले समेत सम्वोधन गरेकाले आगामी दिनमा सुधार हुने विश्वास व्यक्त गर्नु भयो ।
प्रदेश तहमा जनशक्तिको अभावलाई समाधान गर्नेगरी लोकसेवा आयोगले कर्मचारी छनोट, बढुवाको कामलाई अघि बढाएकाले कार्यसम्पादन सहज रुपमा हुनेमा जोड दिनुभयो । संघीय सरकारले समाणीकरणको अनुदान रकम प्रदेशमा नपठाउदा दुई अर्ब बढीको भुक्तानीको भार प्रदेशमा थपिएको मुख्यमन्त्री आचार्यले बताउनु भयो ।
महालेखा परिक्षक तोयम रायाले सुशासन कायम गर्ने भूमिकालाई प्रभावकारी बनाउन बेरुजु फछ्र्याैटलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।‘बेरुजु नआउनेगरी यहाँहरुले काम गर्न जरुरी छ । यसका लागि बनाएका नीति नियमको अधिनमा रहेर कार्यम्पादन गर्न जरुरी छ’उहाँले भन्नुभयो,‘आर्थिक अनुशासन कायम नहुदा सम्म सुशासन कायम हुन सक्दैन ।' प्रदेश तथा स्थानीय तहका कार्यालयहरुमा लेखापरीक्षणको काम अघि बढेको, प्रारम्भिक प्रतिवेदनको जवाफ दिँदा धेरै समस्या आफैँ समाधान भएर जाने भएकाले त्यसमा ध्यान दिन उहाँले आग्रह गर्नु भयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts