दाङ । अमलाको फल बिक्री गरेर दाङका सामुदायिक वनले आम्दानी गर्दै आएका छन् ।
सामुदायिक वनमा आफैँ उम्रिएका र वृक्षारोपण गरिएका रुखहरूमा फलेका अमलाका फल बिक्री हुनथालेपछि सामुदायिक वनले बर्सेनि लाखौँ रुपैयाँ आम्दानी गर्न थालेका हुन् । देउखुरीको राजपुर गाउँपालिका वडा नं. ३ खरदरियामा रहेको जनकल्याण सामुदायिक वन उपभोक्ता समूहले यस वर्ष करिब एक लाख रुपैयाँको अमलाको फल ठेक्कामा बिक्री गरेको वन समूहका अध्यक्ष लीला यादवले बताउनुभयो । वन समूहका अध्यक्ष यादवका अनुसार गत वर्ष वन समूहले ५० हजार रुपैयाँ आम्दानी गरेको थियो । अमलाका फल बिक्री गरेर वन समूहले आम्दानीसँगै वन सरक्षणको काममा लगाउने गरेको बताउनुभयो । वन रोपेका अमलालगायत बिरुवासँगै फल संरक्षणका लागि वन हेरालु राखेर जटिबुटीका बिरुवा रोप्नेसँगै आम्दानी लिने गरेको उहाँ वताउनुहुन्छ ।
गत वर्षको तुलनामा यस वर्ष वनमा राम्रो फल लागेपछि दोब्बर आम्दानी भएको वन समूहका अध्यक्ष यादवले बताउनुभयो । वन समूहले खाली जग्गामा रोपेका अमलाका रुखहरूमा फल लाग्न थालेपछि बर्सेनि आम्दानी बढ्दै गएको भन्दै वन समूहका अध्यक्ष यादवले भन्नुभयो, ‘पहिले थोरै बोट थिए, पैसा खास्सै हुँदैन थियो तर अमलाका फल बिक्न थालेपछि बिरुवा बर्सेनि बढाउँदै गएका छौँ ।’
वन समूहको करिब २५ हेक्टर क्षेत्रफलमा साना–ठुला गरेर करिब दुई हजार पाँच सय बढी रुख रहेको अध्यक्ष यादवले बताउनुभयो । केही वर्ष अघिसम्म खाली रहेको जमिनमा वन समूहले वृक्षारोपन गरेर पछिल्लो समय अमला उत्पादनमा पनि जोड दिएको अध्यक्ष यादवले बताउनुभयो । काठजन्य बिरुवासँगै जटिबुटी र फलफूलका बिरुवा रोपेर वन समूहलाई आम्दानीसँग जोड्ने काम गरेको अध्यक्ष यादवले बताउनुभयो ।
जनकल्याण सामुदायिक वन जस्तै देउखुरी क्षेत्रमा अन्य सामुदायिक वन समूहहरूले अमल लगायतका फल बिक्री गरेर आम्दानी गर्ने गरेको डिभिजन वन कार्यालय लमहीले जनाएको छ । जनकल्याणन जस्तै देउखुरी क्षेत्रमा अन्य सामुदायिक वनले अमलालगायतका जटिबुटी तथा फलपूmलका बिरुवा रोपेर आम्दानी गर्दै आएको सवडिभिजन कार्यालय बेलाका कर्मचारी विश्वजङ्ग विकले बताएका छन् । सामुदायिक वनबाट ठेक्कामा खरिद गरेको अमलाको फललाई आयुर्वेदिक औषधी बनाउने उद्योगलाई प्रतिकिलो ५० रुपैयाँका दरले बिक्री गर्ने व्यवसायी बताउँछन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts