मुगु । मुगुको एक विद्यालयमा कक्षा ८ मा अध्यनरत एक विद्यार्थीले मानसिक दवावमा पर्दा आत्महत्या गरेको आरोप लगाइएको छ ।
जिल्ला सदरमुकाम गमगढी स्थित महाकाली नमुना माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्यनरत छायानाथ रारा नगरपालिका वडा नं. २ तलितुम गाउका वर्ष १५ का सागर तिरुवालाई नेपाल प्रहरीले अनावश्यक दवाव दिँदा आत्महत्या गरेको युवाहरुले आरोप लगाएका हुन् ।
सागरले गत पुस ४ गते राती भाडामा बस्दै आएको मामाको घरमा पासो लगाइ आत्महत्या गरेका थिए ।
आइतवार साँझ मृतक सागर प्रति श्रदान्जली दिन आयोजित कार्यक्रममा युवा अगुवाहरु रवीन मल्ल, जनक चौलागाइ, राजेन्द्र कुमार शाहीलगायतका युवा तथा सागरका आफन्तहरुले सागरले मानसिक दवावमा पर्दा आत्महत्या गरेको आरोप लगाएका हुन् ।
श्रद्दान्जली कार्यक्रममा बोल्दै युवा अगुवा रवीन मल्लले भन्नुभयाे, 'सागर भाइले आत्महत्या गरेका होइनन्, बालक माथि झुटो आरोप लगाइँदा मानसिक टर्चर सहन नसकेर आत्महत्या गरेकाले यो हत्या गरिएको हो ।' सागरको न्यायका लागि हामी जस्तोसुकै मूल्य चुकाउन तयार छौ, प्रहरीले विद्यालय हाताबाट स्कुल ड्रेस मै काम छ भनी बजार हुँदै प्रहरी कार्यालयमा लगेपछी बाल मनोविज्ञानमा असर परेको र प्रहरी कार्यालयमा पनि प्रहरिले अनावश्यक दवाव दिँदा सागर आत्महत्या गर्न बाध्य भए । हामी प्रहरीको विरोधी होइनौ तर प्रहरी कै दवावले आत्महत्या गरिएकाले प्रहरीले सत्य, तथ्य र निस्पक्ष अनुसन्धान गरि जोसुकै होस बालकलाई आत्महत्या गर्न बाध्य पार्ने व्यक्तिलाई कानुनी कारवाही गरोस् ।'
के थियो घटना ?
घटनाक्रम अनुसार सदरमुकाम गमगढिमा व्यापार गर्दै आएका एक व्यापारिको पसलबाट केही महिना अघि चोरी भएको भनिएको जुत्ता लगाएर एक बालक बजारमा घुम्दै गरेको देखिपछी ती व्यापारी बालकलाई बोलाएर सोधपुछ गर्छन । बालकले आफु र सागर विकले ज्याकेट र जुत्ता साटासाट गरेको बताउछन् । बालकलाई लिएर व्यापारी गमगढी स्थित कालिका मालिका अस्थायी प्रहरी विटमा निवेदन साथ पुग्छन् । प्रहरीले निवेदन अध्ययन र बालकलाई सोधपुछ पछि अर्का बालक सागर विकलाई सोधपुछ गर्न बालकलाई लिन महाकाली विद्यालयमा लिन पुग्छ । विद्यालयमा कक्षा चलिरहेकाले प्रहरीले कक्षा ८ मा पढ्ने सागर विकसङ्ग केही कुरामा सोधपुछ गर्नुछ पठाइ दिनुपर्यो भनेपछी विद्यालयका कर्मचारीले विद्यार्थी सागरलाई बोलाउछन् र प्रहरीले बालक सागर विकलाई आफुसङ्गै प्रहरी विटमा लैजान्छ । विटमा छलफल गर्दा नटुंगिएपछी दुबै बालक बारे निवेदन दिन र थप छलफल र कानुनी उपचारका लागि व्यापारी र दुबै बालकका आफन्तहरुलाई जिल्ला प्रहरी कार्यालयमा जानुस भनेपछी सबै जना जिल्ला प्रहरी कार्यालयमा जान्छन । ३ गते दिउँसो करिव १ बजे जिल्ला प्रहरी कार्यालय पुगेका दुबै पक्षलाई छलफल गर्न र मिल्न भन्दै प्रहरीले कार्यालय परिसरको एक छेउमा बसाल्छ । यसैबीच प्रहरीले सोधपुछ गर्न भन्दै बालक सागर विकलाई प्रहरी कार्यालयको एक कोठामा लग्छ । त्यहाँ सागरलाई सोधपुछ पछि प्रहरीले समय धेरै वित्यो, तपाइहरु मिल्नु भएन, को दोषी छ ? हामी बजारका सिसि क्यामारा हेरौ, पुन छलफल गर्न ५ गते विहान १० बजे आउनु होला भन्दै दुबै पक्षलाई घर पठाउछन् । आरोपित बालकलाई उसकी आमा पानमता विकको जिम्मामा प्रहरीले घर छोड्छ ।
'जिप्रकाबाट घर आएपछी सागर टोलाउने, नबोल्ने, टाउकोमा हात राख्ने, अँध्यारो अनुहारमा एकै ठाउमा बसिरहने गर्दै आएका थिए । ४ गते साँझ करिव ७ बजे तिर परिवारले खाना खाइसकेपछी सुत्न कोठामा गएको छोरा सागरले कोठामा पासो लगाएर आत्महत्या गरेछ ।' आमा पानमता विक भक्कानिदै भन्नुहुन्छ, 'घरमा त हामिले केही गाली गलौज गरेका थिएनौ । ३ गते प्रहरीले स्कुल ड्रेस मै बजार हुँदै जिप्रका पुरायो निर्दोष मान्छे लाज भयो । मैले जुत्ता चोरेको होइन भन्दै थियो । सायद यहि चिन्ताले भोली छलफलमा फेरि जानू पर्ने लाज र डरले आत्महत्या गरेको हुनुपर्छ ।'
के भन्छ प्रहरी
बालकले आत्महत्या गरेपछी अहिले मुगुमा कोहि प्रहरीको दवावले बालक मर्यो भन्छन त कोहि व्यापारीले प्रहरीमा निवेदन दिँदा दवावमा परेर बालक आत्महत्या गर्न बाध्य पार्यो भन्छ्न्, त कोहि विद्यालय हाताबाटै स्कुल ड्रेस मै प्रहरीले बालकलाई लिँदा बाल मनोविज्ञानमा नकारात्मक मानसिक प्रभाव पर्न जाँदा बालकले आत्महत्या गरेको चर्चा हुने गरेको छ ।
यो विषयमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सरोज गिरिसङ्ग आइतवार पत्रकारहरुले बुझ्दा प्रहरी माथी लागेका आरोप सबै निराधार, कपोकल्पिक भएको बताउनु भयो । उहाँले मुगुमा पहिला निवेदन आउने कारवाहिको लागि प्रहरी खटिँदा बाटो मै दुबै पक्ष मिल्ने चलन रहेकोले आफुहरुले कारवाहिका लागि ठाडो निवेदन दिन आएका व्यापारी र आरोपित बालकका परिवारलाई सङ्गै बस्न लगाएर मिल्न लगाएको, नमिलेपछी ५ गते पुन प्रहरी चाैकी आउने गरि बालकहरुलाई आमाको जिम्मामा पठाइएको बताउनु भयो । जुत्ता लगाएको बालकले सागरसङ्ग ज्याकेटमा साटेको बताएपछी सोधपुछका लागि सागरलाई प्रहरीले बोलाएको तर मानसिक र शारिरिक कुनै दवाव नदिएको उहाँले बताउनु भयाे । प्रनाउ गिरीले आमाले बुझिलिएपछी बालक माथी घरपरिवारको दवाव र टर्चर अलि बढी नै पो भयो कि ? भन्दै उल्टै प्रश्न गर्नुभयाे ।
के भन्छन व्यापारी
गमगढी बजार स्थित मिलनचोकमा फेन्सी कपडाको व्यापार गर्दै आएका एक व्यापारीले प्रहरीमा निवेदन दिँदा बालक माथी दवाव पर्न गइ बालकले आत्महत्या गर्न बाध्य पारिएको आरोप आफन्त तथा केही युवाहरुले लगाइ रहेका छन् ।
यो बारे व्यापारीसङ्ग बुझ्दा उहाँले आफ्नो ३१ हजार बराबरको माल सामान पसलबाट एक साता अघि चोरी भएपछी आफूले प्रहरीमा निवेदन दिएको र पुस २ गते एक जना बालक चोरी भएको जुत्ता लगाएर बजारमा डुलिरहेको अवस्थामा देखेपछी बालकसङ्ग सोधपुछ पछि आवश्यक छलफल र चोरी भएका अन्य सामान बारे अनुसन्धान गर्न प्रहरीलाई निवेदन साथ गुहारेको बताउनु हुन्छ ।
सागर विकलाई आफुले नचिनेको र जुत्ता लगाउने बालकले आफ्नो ज्याकेट सागरलाई दिएको सागरले आफुलाई जुत्ता दिएको बताएपछी प्रहरीले सोधपुछ गर्न ३ गते सागरलाई बोलाइ आफूसहित दुबै पक्षलाई छलफल गराएको थियो । सागरले जुत्ता आफ्ना दाजुको भएको बताएपछी हाल भारतमा रहेका उनका दाजुसङ्ग आमा पानमता विकले फोन गरेर सोधेकि थिइन । घरको जुत्ता आफ्नो नभएको र जुत्ता बारे आफू अनभिज्ञ भएको बताएपछी सागरले आफुलाई रिस डाहा मान्ने कसैले जुत्ता आफ्नो घर भित्र टेबुलमा राखेको हुनसक्ने आशंका गरेको बताएकाे मृतक सागरलाई उद्गित गर्दै ती व्यापारिले बताए ।
उहाँ भन्नुहुन्छ, 'पसलको सामान चोरी भयो, चोरी भएको सामान लगाएर कोहि बजारमा घुमिरहेको देखेपछी मैले प्रहरीमा निवेदन दिनु गैर कानुनी काम गरेँ र ? प्रहरीलाई निवेदन नदिइ कहाँ दिनु पर्ने हो । मैले कोहि कसैलाइ धम्की दवाव दिएको छैन । मात्र कानुनि न्याय र छलफल गराइ पाउँ भनी प्रहरीमा निवेदन दिएको हुँ । उसो भए अब कोहि व्यापारी वा सर्वसाधरणको घर पसल चोरी भए प्रहरीमा जानकारी वा निवेदन नदिने हो त ?'
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच