काठमाडौं । चलचित्र ‘एक्लो’ को क्यारेक्टर पोष्टर सार्वजनिक गरिएको छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रका दुई मुख्य पात्रको क्यारेक्टर पोष्टर सार्वजनिक गरिएको हो । हलिउड कलाकार जेमी बेकम र डान्सर तथा अभिनेत्री कविता नेपालीको पोष्टर सार्वजनिक गरिएको हो ।
प्रदीप शाहीको निर्देशन रहेको यो चलचित्रको हाल लण्डनमा पोष्ट प्रोडक्सनको कार्य भईरहेको छ । चलचित्रको सम्पूर्ण कार्य सकिएपश्चात मात्र प्रदर्शन मिति फाइनल गर्ने निर्देशक शाहीले जानकारी गराउनुभयो ।
चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दीया पुन, वेनिशा हमाल, दिनेश डिसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री, विनोदकुमार सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ एवं बालकलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय छ ।
चलचित्रको निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन रहनुभएको छ भने कार्यकारी निर्मातामा विनोद सुवेदी क्षितिज हुनुहुन्छ । बाबु श्रेष्ठको छायांकन रहेको यस चलचित्रमा राजु तामाङको द्वन्द्व निर्देशन, सेट डिजाइनरमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा तथा प्रोडक्सन डिजाइनरमा प्रेम खड्का रहनुभएको छ ।






