वर्तमान सरकारलाई असफल हुने छुट छैन : कांग्रेस नेता कोइराला

भाेजराज रोस्यारा कैलाली, संवाददाता
भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

कैलाली । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारका क्रियाकलापले आफू निराशा भएको बताउनु भएको छ । छिटोछिटो सरकार परिवर्तन हुने कार्यलाई रोकेर देशमा स्थिरता कायम गर्न दुई ठूला दलको सरकार बनाएको बताउदै उहाँले सोचे अनुसार परिणाम दिन नसकेको बताउनु भयो ।

आज नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताउनु भयो । जुन म्याण्डेड अनुसार सरकार बनेको हो त्यही अनुसार अघि बढनु पर्ने बताउदै उहाँले सरकारलाई असफल हुने छुट नभएको बताउनु भयो ।

नेता कोइरालाले सरकारले तत्काल संविधान सुधारका लागि सबै दलसँग समन्वय र समझदारी गरेर अघि बढनु पर्ने बताउनुभयो । वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको प्रधानमन्त्री स्वयंले नै स्विकारेको बताउँदै नेता कोइरालाले सरकार बनेको ५ महिना सम्मपनी उपलब्धि नभएकाले अब सुधार गर्दै अघि बढनुपर्ने बताउनु भयो ।

ADVERTISEMENT

नेता कोइरालाले नेपाली काँग्रेस महाधिवेशनका लागि जुर्मुराएको बताउनु भयो । पार्टी सभापति शेर बहादुर देउवासँग आफ्नो कुनै दुरी नभएको उहाँको दाबी छ । उहाँले सभापति सुदूरपश्चिमको मात्र नभइ देशकै आदरणीय ब्यक्ति रहेको बताउनु भयो । नेपाली कांग्रेसको १५ औं महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गर्नु भयो ।

नेपाली कांग्रेसको १५ औं महाधिवेशन २०८२ भित्रै विधान अनुसार हुनुपर्ने बताउदै उहाँले महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिने बताउनुभयो । नेपाली कांग्रेसलाई जोगाउन तथा लोकतन्त्रको सुढृढीकरण गर्नको लागि पनि महाधिवेशनको आवश्यक रहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?