संबिधानमा नै समावेश गरेर उत्तर कोरियाले आणविक हतियार उत्पादन गर्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

प्योङयाङ । एउटा महत्त्वपूर्ण परिवर्तनमार्फत उत्तर कोरियाले आफ्नो संविधानमा आणविक हतियारको द्रुत विकासको नीति समावेश गरेको छ।

अब सो कानून बनेपछि उत्तर कोरियाको आणविक हतियारको विकासले गति लिन सक्ने देखिएको छ । उत्तर कोरियाको यो कदम यस्तो समयमा आएको हो, जब अमेरिकाले उत्तर कोरियालाई वार्ताको टेबुलमा फर्कन आग्रह गरिरहेको छ । यस वार्ताबाट उत्तर कोरियाले परमाणु हतियार कार्यक्रम नचलाउन अमेरिकाबाट आर्थिक सहयोग लिने जनाइएको थियो ।

उत्तर कोरियाली संसद (सर्वोच्च जनसभा) को सत्रमा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले अमेरिका र उसका सहयोगीहरूबाट प्योङयाङले सामना गरिरहेको चुनौती र आफ्नो आणविक कार्यक्रमलाई नष्ट गर्ने मनसायलाई ध्यानमा राखेर यो कदम चालेको बताएका छन । उत्तर कोरियाली तानाशाहले भने, ‘उत्तर कोरियाको आणविक शक्ति तयार गर्ने नीतिलाई अब देशको आधारभूत कानून जस्तै स्थायी बनाइँदै छ, जसलाई कसैले उल्लंघन गर्न दिइने छैन।’

ADVERTISEMENT

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले किम जोङ उनले आणविक हतियारको उत्पादनलाई तीव्रता दिन र आणविक स्ट्राइक क्षमतालाई विविधीकरण गर्नुका साथै विभिन्न सैन्य सेवामा तैनाथ गर्ने आवश्यकतामा जोड दिएको बताएको छ।

किम जोङ उन भर्खरै रुसको भ्रमणबाट फर्किएका छन्, जहाँ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेका छन् । रुस भ्रमणका क्रममा किम जोङ उनले धेरै हतियार उत्पादन गर्ने कम्पनीको प्लान्टको भ्रमण गरेका थिए । किम जोङ उनको यो भ्रमण यस्तो समयमा भएको हो, जब अमेरिकाले युक्रेन युद्धको बीचमा उत्तर कोरियाले रुसलाई हतियार आपूर्ति गरेको आरोप लगाएको छ ।

उत्तर कोरिया र रुसबीच असैनिक आणविक कार्यक्रमका लागि प्रविधि हस्तान्तरणका विषयमा वार्ता हुन सक्ने विश्वास गरिएको छ । यस सम्झौता अन्तर्गत प्राप्त सामग्री उत्तर कोरियाले आफ्नो आणविक क्षेप्यास्त्र कार्यक्रम विस्तार गर्न प्रयोग गर्न सक्ने आशंका पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज