काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा पाँच दिने ‘फिल्म मेकिङ मास्टर क्लास’ सम्पन्न भएको छ । ५८ जना चलचित्रका विद्यार्थी तथा चलचित्रकर्मीको सहभागिता रहेको मास्टर क्लासको अन्त्यमा सहभागीहरू सात समूह फेम चेजर्स, टिम युनिटी, टिम लायन, रोरिङ ईगल, सिक्स बडिज्, टिम सुन्य, र्याण्डम क्रियटर्श नाममा विभाजित भएर २४ घण्टामा लघु चलचित्र बनाएर प्रतिस्पधात्मक रूपमा प्रदर्शन गरिएको थियो ।
अंग्रेजी तथा अन्य विदेशी चलचित्रसरह दृश्य सोच तथा उत्पादन गर्न सक्ने क्षमता अभिवृद्धिको उद्देश्यका साथ सुरु गरिएको मास्टर क्लासलाई अष्ट्रेलियामा चलचित्रमा स्नातकोत्तर गर्नुभएका सरोजकुमार चौहानले नेतृत्व गर्नुभएको थियो ।
चलचित्र विकास बोर्डको प्रेक्षालयमा सम्पन्न मुभि स्कृनिङ एवं फिल्म मेकिङ मास्टर क्लास क्लोजिङ समारोहको चलचित्र प्रतिस्पर्धाको निर्णायकमा पूर्णेन्दु झा, दीपेन्द्र गौचन, सुशन प्रजापति र गौतम धिमाल रहनुभएको थियो । चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले सहभागी तथा विजेतालाई अवार्ड तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रम सिनेपाल स्टुडियो, भैंसेपाटीमा सञ्चालन भएको थियो ।
टिम सिक्स बडिजले निर्माण गरेको चलचित्र ‘सिगरेट’ले अभिनय, निर्देशन, कला, स्कृप्ट प्रोडुशरसहित उत्कृष्ट चलचित्र बन्न सफल भयो । यो चलचित्रलाई कथा निर्देशन आर.डी लामाले गर्नुभएको थियो । त्यस्तै टिम युनिटीको चलचित्र ‘गिल्टी’ ले साउण्ड, छायांकन र सम्पादन अवार्ड जितेको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा