ललितपुर । ललितपुरमा रहेकाे द वन्डरल्यान्ड गेम जोनकाे आयाेजनामा सबै उमेर समूहलाई केन्द्रित गर्दै “द वन्डरल्यान्ड विन्टर” कार्निभल कार्यक्रम हुने भएकाे छ । आगामी डिसेम्बर २४ देखि जनवरी १ सम्म उक्त कार्यक्रम हुने आयाेजकले जनाएकाे छ ।
कार्यक्रममा अतिरिक्त खेलहरू, मस्कट परेड, सान्ता क्लॉजको उपस्थिती, बिङ्गो सत्र, लक्की ड्र, खेल प्रतियोगिता, खाने चुनौती, लाइभ ब्यान्ड, संगीत प्रस्तुतिहरू, डिस्को नाईट जस्ता रोमाञ्चक गतिविधिहरू रहनेछन् । यहि कार्यक्रमअन्तर्गत वन्डरल्यान्डको एक वर्षको सफलता मनाउनका लागि पनि उपस्थित भएको र यो एक वर्षको अवधिमा वन्डरल्यान्डले मात्र एक उत्कृष्ट मनोरञ्जन स्थलको रूपमा आफ्नो स्थान बनाउन सफल भएको आयाेजककाे भनाइ छ ।
यो कार्निभल एक वर्षमा प्राप्त गरेको सफलताको उत्सव मनाउदै भविष्यमा पनि वन्डरल्यान्डमा यस्ता उत्सव र मनोरन्जनात्मक कार्यक्रमहरूको आयोजना गर्ने घोषणा साथै विभिन्न कार्यक्रम मार्फत झन शसक्त र सुधार गर्दै जानेमा आयाेजक विश्वस्त छ ।
मनोरञ्जनको खोजी गर्ने नेपाली र पर्यटकहरूका लागि वन्डरल्यान्ड नेपालले उत्कृष्ट गन्तव्यको रूपमा आफूलाई स्थापित गरेको छ । चाहे निजी कार्यक्रमको आयोजना गर्न चाहना होस वा रोमाञ्चक साहसिक दिन बिताउने योजना बनाउन, वन्डरल्यान्डले हरेक पललाई उत्सवमा बदलिदिएको आयाेजकले जनाएकाे छ
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच