काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको लाजिम्पाटस्थित एसएम डेन्टल एण्ड स्किन केयरबीच सिटिजन्स बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ । सम्झौतासँगै सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले एसएम डेन्टल एण्ड स्किन केयरमा २५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।
डिजिटल बैंकिङ माध्यम प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ उपाधि प्राप्त गर्न सफल बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ पनि सञ्चालनमा ल्याएको थियो ।






