
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको काम समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शुक्रबार फ्लडलाइट र प्यारापिट निर्माणका लागि फेरि बोलपत्र आहृवान भएपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले सो कार्य समयमै पूरा हुने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
क्रिकेट हाम्रो युवा समाजको प्राण भएको र आफूले प्रधानमन्त्रीको शपथ लिएको पहिलो दिन नै त्रिवि क्रिकेट मैदान सुविधासम्पन्न बनाउने निर्णय गरेको पनि ओलीले स्मरण गर्नुभएको छ । ‘क्रिकेट हाम्रो युवा समाजको प्राण हो । क्याबिनेटको पहिलो बैठकबाट हामीले कीर्तिपुरको मैदानमा क्रिकेट रंगशालाको प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय गरेका थियौं । यसका लागि पर्याप्त ध्यान दिएर सुरुमै पारस खड्कासहित क्रिकेट खेलाडीहरूलाई बालुवाटार बोलाएर छलफल पनि ग¥यौ । त्यसबेला क्यानका पदाधिकारीहरूले बरू अलि समय दिएरै विश्वस्तरको रंगशालाको राम्रो डिजाइन गरौं, हतार नगरौं भन्ने सल्लाह दिनुभएको थियो । जग्गा प्राप्तिलगायत झन्झटिलो प्राविधिक प्रक्रियाले सोचेभन्दा बढी समय लाग्यो । त्यसले प्रारम्भिक प्राविधिक डिजाइन तय गर्ने काममा केही ढिलाइ अवश्य भयो’, उहाँले भन्नुभएको छ ।
ओलीले समयमै निर्माण कार्य सम्पन्न गर्नका लागि सबैले आवश्यक सुझाब र खबरदारी गर्न पनि अनुरोध गर्नुभएको छ । ‘आज यसको निर्माणका लागि बोलपत्र आहृवान भएको छ । अब हामीले तीन सिफ्टमा फटाफट काम गरेर यसलाई निर्धारित समयमै सम्पन्न गर्नुपर्नेछ । यसलाई विश्वस्तरको बनाउने प्लान भने त्यसपछि पनि जारी रहनेछ । काम छिटो सक्न र आवश्यक सुझाब तथा खबरदारी गर्न सबैलाई अनुरोध गर्छु’, प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।
टेण्डर आहृवान
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडान र प्यारापिट निर्माणका लागि टेण्डर आहृवान भएको छ । शुक्रबार शहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले बोलपत्र आहृवान गर्दै त्रिवि मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट र फ्लडलाइटका लागि टेण्डर आहृवान गरेको हो ।
फ्लड लाइटका लागि एक करोड ७३ लाख रुपैयाँ र प्यारापिट निर्माणका लागि एक करोड ६२ लाख रुपैयाँ वित्तीय ग्यारेन्टी तोकिएको छ । दुवै परियोजनाका लागि टेण्डर भर्न २० हजार शुल्क लाग्नेछ । मन्त्रालयको सचिवालयले टेण्डर आगामी माघ ६ गतेसम्म पेस गर्न सकिने जनाएको छ । टेण्डरका लागि माघ ६ गते दिउँसो १ः३० बजे खोलिने बोलपत्रमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच