
हुम्ला । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका केन्द्रमा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको ।
विद्युत सेवा अवरुद्ध भएसँगै पालिका केन्द्रसहित आसपासका क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध हुँदा यहाँका सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।
गाउँपालिका–५ मा रहेको कुति गाउँको भदालीमा रहेको टेलिफोन टावरमा खराबी आउँदा टेलिफोन सेवा अवरुद्ध भएको सर्केगाडमा होटेल व्यवसाय गर्दै आउनुभएका गेटबहादुर थापाले बताउनुभयो । होटेल व्यवसायी थापाले भन्नुभयो, “दुई दिनदेखि टेलिफोन सेवाले काम नगर्दा आफन्त सँग फोनमा कुरा गर्न पाएको छैन । आफुले मात्रै होइन पालिका केन्द्र सर्केगाडसहित आसपासका सेवाग्राहीले फोनमा जोडिन नसकेको उहाँले बताउनुभयो ।
फोनले काम नगरेपछि जिल्ला भित्रै र जिल्ला बाहिर रहेका आफन्तसँग कुरा हुन नसकेको यहाँका अर्का स्थानीय छबी थापाले बताउनुभयो । टेलिफोन सेवा अवरुद्ध हुँदा गाउँपालिका केन्द्र सर्केगाड, वडा–१, ४, ५, ६, ७ र ८ नम्बर वडाका सेवाग्राही फोन सम्पर्कमा जोडिन नसकेको बताएको छ ।
अवरुद्ध भएको टेलिफोन मर्मत गरि सञ्चालनमा ल्याउनका लागि गाउँपालिका, दुरसञ्चार कार्यालय लगायतका सम्बन्धित कार्यालयले कुनै चासो नदिएको स्थानीयको गुनासो छ । जिल्लाको दोस्रो ठूलो बजारका रुपमा रहेको सर्केगाडमा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा थप समस्या बनाएको हो । सर्केगाडमा इलाका प्रशासन कार्यालय, सिटिजन्स बैंक, अन्य विभिन्न संघसंस्थाका उपशाखा समेत रहेका छन् । फोन सेवा नहुँदा कार्यालयको दैनिक कामकाजको जानकारीका साथै सूचना सम्प्रेषणमा समेत समस्या बनाएको पाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच